मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ ८ बुधबार ०७:४३:००
Read Time : > 1 मिनेट
समाचार

सवारी दुर्घटना गराउने चार चालक कारागार चलान

Read Time : > 1 मिनेट
२०७६ माघ ८ बुधबार ०७:४३:००

लापरबाही गरी सवारी चलाएर दुर्घटना गराउने चारजना सवारीचालक कारागार चलान भएका छन् । प्रहरीले दर्ता गरेको ज्यान मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत कास्कीले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । 

कारागार चलान हुनेमा दुईजना सवारीचालक अनुमति पत्र नलिई सवारीसाधन चलाएर दुर्घटना गराउने चालक छन् । अन्य दुई चालकलाई लापरबाही ढंगले सवारी चलाएर दुर्घटना गराएको अभियोगमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरूविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरिएको छ । 

ग.१ च ९६९९ नम्बरको कारचालक दाङको तुलसीपुर ११ का २१ वर्षीय किशोर भण्डारी, ना.४५ प ५६९४ नम्बरको मोटरसाइकलचालक पोखरा २६ का २७ वर्षीय कृष्ण विश्वकर्मा, बालोदय माविको ग.१ क २४९९ नम्बरको बसचालक सुनसरी धरान नगरपालिका–१९ का ४३ वर्षीय रविन राई र ग.१७ प ३५४७ नम्बरको स्कुटरचालक पोखराका २५ वर्षीय सजन विक कारागार चलान भएका जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी  राजकुमार केसीले जानकारी दिए ।  

कारागार चलान हुने भण्डारी र कृष्ण विकको चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ । भण्डारीले चलाएको कारको ठक्करबाट ६ पुसम पोखरा ६ डिहिगो पाटनमा २२ वर्षीय रेक्स आलेको मृत्यु भएको थियो । कृष्ण विश्वकर्माले चलाएको मोटरसाइकलको ठक्करबाट ७ पुसमा पोखरा ३० अर्घोैंचोकका ८१ वर्षीय भानुभक्त तिवारीको मृत्यु भएको थियो । 

राईले चलाएको स्कुल बसबाट खसेर पोखरा १७ बस्ने २६ वर्षीया सरिता पौडेल सुवेदीको ८ पुसमा मृत्यु भएको थियो । बसको ढोका नलगाई लापरबाही ढंगले चलाएकाले दुर्घटना भएको प्रहरी निष्कर्ष छ । सजन विकले मादकपदार्थ सेवन गरी चलाएको स्कुटरको ठक्करबाट ५ पुसमा पोखराका ४२ वर्षीय अमृत घिमिरे गम्भीर घाइते भएका छन् ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लापरबाही गरेर सवारी चलाई कसैको ज्यान गएमा दुईदेखि १० वर्षसम्म हुने व्यवस्था छ ।