मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ माघ ७ मंगलबार १७:४६:००
Read Time : < 1 मिनेट
समाचार

सहिद भीमदत्त पन्तका सेना सम्मानित

Read Time : < 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७६ माघ ७ मंगलबार १७:४६:००

सहिद भीमदत्त पन्तका सेना जिन्तु चौधरी सम्मानित भएका छन् । मंगलबार भीमदत्त नगरपालिकाले पहिलोपटक स्थापना दिवस मनाउँदै चौधरीलाई नगदसहित सम्मानित गरेको हो ।

भीमदत्त नगरपालिका– १८, भगतपुरका १०८ वर्षीय चौधरीलाई किसान आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले सम्मानित गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले चौधरीलाई संयुक्त रूपमा नगद १५ हजार एक रुपैयाँ नगदसहित सम्मान गरेको हो । कार्यक्रममा आफूलाई सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै चौधरीले किसानलाई अधिकार दिलाउन पन्तसँग गाउँ–गाउँमा पुगेर सामन्तविरुद्ध लडेको बताए ।

वि.सं. १९८३ सालमा डडेल्धुराको घटाला कारीगाउँमा जन्मिएका भीमदत्त पन्तको २०१० साल साउनमा जोगबुढास्थित बिर्खमको जंगलमा हत्या भएको थियो । किसान आन्दोलनका अगुवा उनी ‘जसको जोत उसकै पोत’ भन्ने अभियानका अभियन्ता थिए ।