Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
इन्द्रबहादुर थापा काभ्रे
२०७६ माघ ७ मंगलबार १७:२६:००
Read Time : < 1 मिनेट
समाचार

महाभारत गाउँपालिका साक्षर घोषित

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा काभ्रे
२०७६ माघ ७ मंगलबार १७:२६:००

काभ्रेको महाभारत गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गरेकाले महाभारतलाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

महाभारत गाउँपालिकाको जनसंख्या २०६८ को जनगणनाअनुसार १८ हजार दुई सय ८३ रहेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा गाउँपालिकाको १७ हजार नौ सय १४ जना साक्षर भइसकेका छन् । ०६८ को जनगणनालाई आधार मान्दा कुल जनसंख्याको ९७ दशमलब ९८ प्रतिशत साक्षर भएकाले गाउँपालिकालाई साक्षर घोषणा गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

पूर्वमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । शर्माले महाभारत आउँदा आफूलाई रुकुम पुगेको अनुभूति भएको भन्दै डाँडापारिलाई विकसित बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय तहदेखि केन्द्रसम्म नेकपाको प्रभावशाली उपस्थिति र नेतृत्व रहेको भन्दै विकास निर्माणका कुनै पनि काममा ढिलासुस्ती नहुने दावी गरे । गाउँपालिका अध्यक्ष जिम्बाले गाउँपालिकाको समस्या समाधान गर्न आफू सधैँ लागिपरेको बताए ।

कार्यक्रमको अवसर पारेर गाउँपालिकाको भवन उद्घाटनसमेत गरिएको छ । गाउँपालिकाको भवन दाताहरूले उपलब्ध गराएको वडा नं. ६ देवीटारस्थित ६ रोपनी जग्गामा निर्माण गरिएको छ । यसअघि बनखुस्थित विद्यालयको भवनमा गाउँपालिकाको अस्थायी कार्यालय स्थापना गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश सांसद रत्न ढकाल र चन्द्र लामाले काभ्रेलाई प्रदेश राजधानी बनाउन नसकिएको भन्दै क्षमा मागेका थिए ।