१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १७:००:००
Read Time : > 2 मिनेट
समाचार

ओली-मोदी काे ‘डिजिटल डिप्लाेमेसीे'

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १७:००:००

जनवरी महिनामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक संवाद गरे । १ जनवरीमा प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०२० को सुभकामना दिन आफ्ना समकक्षी मोदीलाई टेलिफोन गरेका थिए । 

टेलिफोन संवादको २० दिनपछि २१ जनवरी (आज)मा ओली र मोदीले फेरी संवाद गरे । विराटनगरस्थित एकिकृत जाँच चौकी (आईसीपी) उद्घाटनको संयोग पारेर ओली र  मोदीले भिडियो संवाद गरे । ओली मोदीबीच यसअघि २४ भदौंमा पनि   भिडियोसँगै ट्वीटरमा डिजिटल संवाद भएको थियो ।

२४ भदौंमा ओली र मोदीले नेपाल भारतबीचको अन्तरदेशीय (भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म) पेट्रोलियम पाइपलाइन उद्घाटन डिजिटल माध्यमबाट गरेका थिए । भारतमा मोदी र नेपालमा ओलीले बटन थिचेर दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलयीम पाइपलाइन उद्ध्घाटन गरेका थिए ।

पाइपलाइन उद्घाटनका क्रममा ओली र मोदीले भिडियो मात्रै होइन ट्वीटरको पनि व्यापक प्रयोग गरेका थिए । पाइपलाइनको उद्ध्घाटनमा ओली र मोदीको ट्वीट, रि–ट्वीट रोचक देखिएको थियो । एउटै विषयमा धेरै ट्वीट गर्न माहिर छन् मोदी । नेपाल–भारत पेट्रोलियम पाइपलाइन उद्घाटनको दिन मोदीले चारवटा ट्वीट गरे । मोदीले लेखेका चारवटा ट्वीटमध्ये तीनवटा नेपाली भाषामा थिए ।  

पाईपलाईन उद्घाटनको क्रममा ओलीले पनि तीनवटा टुईट गरे । तीनमध्ये दुईवटा ट्वीटमा ओलीले मोदीको प्रशंसा गरेका थिए । भारतमा मोदीले चलाएको ‘सबका साथ, सबका विकास र सबका विश्वास’ नाराजस्तै आफूले पनि नेपालमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा चलाएको कुरा समेत ट्वीट गरेका थिए ओलीले ।

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि मोदीले नेपाली भाषामा लेखेका दुईवटा ट्वीट रिट्वीट गरे ओलीले । २०७२ को नाकाबन्दीपछि चिसिएको सम्बन्ध सुधार गर्न मोदी र ओलीले पहिरन कुटनीति अपनाएका थिए । १८ वैशाख ०७५ मा दोस्रो पटक मोदी नेपाल आउँदा ओली र मोदीले उस्तै पहिरन लगाएर सम्बन्ध सुधारको संकेत गरेका थिए ।

तीर्थयात्रा नाम दिइएको मोदीको दोस्रो नेपाल भ्रमण जनकपुरबाट सुरु भएर मुक्तिनाथसम्म पुग्यो । मोदीलाई स्वागत गर्न जनकपुर पुगेका ओली र भारतबाट आएका प्रधानमन्त्री मोदीले लगाएको पहिरन उस्तै थियो । सेतो पाइजामा, कुर्ता, घाँटीमा गम्छा र टाउकोमा फेटा । मोदी र ओलीलाई देख्नेहरू द्विविधामा परे– कसले कसको सिको गरेको हो भनेर ।

आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा मोदीले ‘नेइवर फस्र्ट’ अर्थात् ‘छिमेकी पहिले’ नीति लिएका थिए । मोदीको सिको गर्दै प्रधानमन्त्री ओलीले पनि छिमेकीलाई पहिलो प्राथमिकतामा राखेका छन् । ओली मोदीलाई आफ्ना समकक्षी मात्रै होइन ‘मित्र’ भन्छन् ।

३१ भदौ(१७ सेप्टेम्बर) मा मोदीको जन्मदिन थियो । ट्वीटरमा मोदीलाई मेन्सन गर्दै विश्वभरबाट शुभकामनाहरू आए । मोदीलाई आएका शुभकामनामा प्रधानमन्त्री ओलीले दिएको शुभकामना भने पृथक् थियो । मोदीलाई ट्वीटरमा मेन्सन गर्दै प्रधानमन्त्री ओलीले तीन वटा भाषामा शुभकामना सन्देश लेखे ।

प्रधानमन्त्री ओलीले सबैभन्दा पहिले अंग्रेजी भाषामा शुभकामना सन्देश लेखे । त्यसपछि हिन्दी र गुजराती भाषामा शुभकामना सन्देश लेखे । तीनवटै ट्वीटमा ओलीले मोदीलाई मेन्सन गरेका थिए । तर, यसपटक भने ओली ट्वीट कुटनीतिमा सक्रिय देखिएनन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा ट्वीट गरिहाल्ने प्रधानमन्त्री ओलीले आइसीपी उद्घाटनको विषयमा भने ट्वीट गरेनन् ।

तर, भारतीय प्रधानमन्त्री मोदीले भने आज (२१ जनवरी) नेपाल भारत सम्बन्ध र आईसीपीको विषयमा ६ वटा ट्वीट गरे । २० जनवरीमा मोदीले नेपालका प्रधानमन्त्री र आफूले आइसीपी उद्घाटन गर्न लागेको जानकारी गराउँदै दुई वटा ट्वीट गरेका थिए । मोदीले ओलीको आधिकारीक ट्वीटर ह्याडललाई मेन्सन गरेरै ट्वीट गर्दा पनि ओलीले कुनै प्रतिक्रिया जनाएनन् ।

प्रधानमन्त्री ओलीको आधिकारीक ट्वीटर ह्याण्डलमा अन्तिम पटक पृथ्वी जयन्तीको सुभकामना दिइएको ट्वीट छ । आफ्ना समकक्षीसँगको भिडियो वार्ता र आइपीसी उद्घाटनको बारेमा प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डल मौन छ ।

यस अघि १ जनवरीको मोदीसँगको टेलिफोन वार्ताको जानकारी दिन ओलीले ४ वटा ट्वीट गरेका थिए । दुईवटा नेपाली भाषामा र दुईवटा अंग्रेजी भाषामा । केही समयअघि प्रधानमन्त्री ओली आधिकारिक ट्वीटर ह्याण्डलबाट अनधिकृत ट्वीट भएपछि सचिवालय सचेत बनेको छ ।