१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ माघ ७ मंगलबार १६:५५:००
Read Time : < 1 मिनेट
समाचार

बेल्जियमका राजकुमारीको टोली भक्तपुरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ माघ ७ मंगलबार १६:५५:००

नेपाल भ्रमणमा रहेका बेल्जियमका राजपरिवारका सदस्यहरूले भक्तपुरका सांस्कृतिक सम्पदा क्षेत्रको अध्ययन अवलोकन गरेका छन् ।

नेपाल भ्रमण वर्ष चलिरहेकै बेला आएका बेल्जियमकी राजकुमारी अस्ट्रिड र राजकुमार लोरेन्जसहितको पाहुना टोलीलाई अवलोकन भ्रमण गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफैँ सम्पदा क्षेत्र पुगेका छन् ।

भक्तपुर पुगेका पाहुनालाई नगर प्रमुख सुनिल प्रजापतीले पुष्पगुच्छा, नेपाली थैली र ढाकाको सलले स्वागत गरे । पाहुना टोलीलाई नगरपालिकाले सम्पदा क्षेत्रको परिक्रमा गराएको छ । टोलीले भक्तपुर दरबार स्क्वायर र टौमढी क्षेत्रको अवलोकन गरेको छ । राजकुमारी अस्ट्रिड, राजकुमार लोरेन्ज र मन्त्री भट्टराईसहितको टोलीलाई यहाँका तलेजु मन्दिर परिसर, पचपन्न भ्mयाले दरबार, सिद्धिलक्ष्मी मन्दिर, बत्सला मन्दिर तथा टौमढी क्षेत्रस्थित पाँचतल्ले मन्दिर र भैरवनाथ मन्दिरलगायत पुरातात्विक तथा ऐतिहासिक स्थानको अवलोकन गराइएको नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले बताए ।

पाहुनालाई स्थानीयले टौमढीको प्रसिद्ध देवी नाच र लायकु क्षेत्रमा लाखे नाच पनि देखाएका थिए । टोलीमा नेपालका लागि बेल्जियमका राजदूत, बेल्जियमका लागि नेपाली राजदूत आङछिरिङ शेर्पालगायत सहभागी थिए ।