मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १६:४४:००
Read Time : < 1 मिनेट
अर्थ

गन्तव्य विस्तार गर्दै बुद्ध एयर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १६:४४:००

निजी वायुसेवा कम्पनी बुद्ध एयरले दुई नयाँ गन्तव्यमा उडान थाल्ने भएको छ । यसपटक बुद्धले पोखरा-विराटनगर र काठमाडौं-राजविराजमा उडान विस्तार गर्न लागेको हो । 

कम्पनीका अनुसार हप्ताको तीन दिन (सोमबार, बुुधार र शुक्रबार) हुने भनिएको पोखरा-विराटनगर रूटको उडान आगमी माघ २० बाट सुरू हुनेछ । दैनिक एउटा हुने भनिएको काठमाडौं-राजविराज रूटको उडान भने माघ १८ बाट सञ्चालनमा आउने छ ।  बुद्ध एयरले यसअघि काठमाडौं-सुर्खेतको गन्तव्य विस्तार गरेको थियो ।