मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७६ माघ ७ मंगलबार १६:०३:००
Read Time : > 1 मिनेट
समाचार

विरेन्द्र अस्पताल छाउनीमा हेमोडाईलासिस सेवा सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७६ माघ ७ मंगलबार १६:०३:००

काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धको सम्झौता–पत्रमा हस्ताक्षर भएको एक महिनापछि विरेन्द्र अस्पताल छाउनीमा हेमोडाइलोसिस सेवा सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार (आज) विरेन्द्र अस्पताल छाउनीमा पुगी काठमाडौँ महानगरपालिका १५ डल्लु निवासी ६२ वर्षिया चन्द्रादेवी मर्जनको उपचारका लागि हेमोडाइलोसिस मेसिन खोली सेवाको उद्घाटन गरे ।

केही महिना अघि मात्रै विरामीको उपचारको क्रममा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न अक्सिजन उत्पादनका लागि अक्सिजन प्लाण्ट जडानका लागि कान्तिबाल अस्पताललाई महानगरले दुई करोड रुपैयाँ दिने सम्झौता गरेको थियो ।

त्यसैगरी नेपाली सेनासँग पनि महानगरपालिकाले गत २ पुसमा हेमोडाईलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति थप गर्नका लागि तीन करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुरुप सेवा सुरु गरिएको हो ।

मेयर शाक्यले महानगरपालिकाले सर्वसाधारणको स्वास्थ्य सेवाका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले महानगरपालिकाकै सहयोगमा एम्वुलेन्स सेवासँग सहकार्य गरी एम्वुलेन्स सेवा सञ्चालन गरेको भन्दै आगामी दिनमा स्वास्थ्य सेवाका लागि महानगरपालिकाले थप सहयोग गर्दै जाने बताए ।

अस्पतालमै पुगेर मेयर शाक्यले बिरामीको हेमोडाइलसिस सेवा सुरु गरेपछि पहिलो सेवा लिने महर्जनले खुशी व्यक्त गरिन् । ‘बिरामीको उपचारका लागि महानगरपालिकाले गरेको यो सहयोगले आभारी छु,’ महर्जनले भनिन्, ‘सेवा विस्तारका लागि महानगरपालिकाले अझै थप सहयोग गरोस् हामी जस्ता बिरामीलाई धेरै राहत हुने छ । यो महानगरले गरेको उदाहरणीय काम हो ।’

मेयर शाक्यले उनको प्रतिक्रियापछि हेमोडाईलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति थप गर्नका लागि थप आवश्यक रकम विनियोजन गर्न तयार रहेको बताए ।

सम्झौतापत्र अनुसार नै नेपाली सेना अन्तर्गतको वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोत साधनबाटै पहिलो चरणमा चार जनालाई सेवा दिने अस्पतालले जानकारी दिएको छ । जनशक्ति, उपकरण तथा सिफ्ट पनि थप भएपछि प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिने अस्पतालले जनाएको छ ।

सम्झौतापत्रमा उल्लेख भए अनुसार नै भौतिक पूर्वाधार लगायतका स्रोत साधन अभिबृद्धि भएपछि सेवा विस्तार गर्दै लगिने छ । विरामीले हेमोडाईलासिस सेवा लिनका लागि सहरी स्वास्थ्य महाशाखाबाट सिफारिस लिनुपर्ने छ ।