मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका एजेन्सी
२०७६ माघ ७ मंगलबार १४:४४:००
Read Time : > 2 मिनेट
विश्व

पहिलो महिला ‘जेट क्याप्टेन’ का आमा-छोरा एउटै जहाजका पाइलट !

Read Time : > 2 मिनेट
नयाँ पत्रिका एजेन्सी
२०७६ माघ ७ मंगलबार १४:४४:००

सानैदेखि रायन वर्गम्यानलाई ककपिटको सिटमा राखिन्थ्यो । छेउमा पाइलट बाबुसँगै उनलाई कयौं मनोरम उडानमा लगिन्थ्यो । हौराकी गल्फ बाबु–छोरा घुम्ने मुख्य गन्तव्य थियो । 

 दुई दशकभन्दा बढी समय बितिसक्दा पनि २६ वर्षीया रायन उही ककपिट्मा छन् तर पाइलटको हैसियतमा । परिवारको पाइलट संस्कारलाई निरन्तरता दिँदै हाल रायन र उनकी आमा एउटै एयरलाइन्समा आवद्ध छन् । 

नाउटुलभ डक काे डट एनजे अनलाइनमा प्रकाशित रिपाेर्ट अनुसार उनकी आमा रूथ काउस्कफ एयर न्यूजिल्यान्डकी पहिलो महिला जेट क्याप्टेन हुन् । ‘रायनले जन्मिदा नै आफूसँग पखेटा लिएर आएको थियो’, उनी हाँस्दै भन्छिन् । ६४ वर्षीया रुथले थपिन्, ‘बाल्यकालदेखि नै रायनको जहाजप्रति लगाव थियो र जहाजको वरिपरि हुन पाउँदा विछट्टै रमाउथ्यो ।’ 

सँगै बसेका रायन थप्छन्, ‘आमासँग एकै कम्पनीमा काम गर्न पाउँदा निकै खुसी छु । अझ आमाबाट कमान्ड पाउँदा त्यो खुसीको सीमा नै अर्कै हुन्छ ।’ वायुसेवाको क्षेत्रमा किर्तिमानी राखेका यी आमा–छोराको कथा बेग्ला बेग्लै छन् । रूथका अनुसार उनी अकस्मात यस क्षेत्रमा आएकी हुन् । 

‘म २३ वर्षको हुँदा प्यारासुटिङ गरिरहेकी थिएँ । तर त्यसमा सफल हुन सकिन’, उनले विगत सम्झिइन्, ‘मैले फ्लाइटको लागि फाल हालेँ तर त्यहाँ केही प्राविधिक गडबडी भएछ । म गाईको हुलमा बजारिएँ, मेरो गोलिगाँठो भाँचियो । त्यति हुँदाहुँदै पनि म झनै माथि पुगें र शरिरको अर्को भाग पनि भाँचे । म त्यसमा दक्ष थिइनँ तर जहाज चढेर माथि–माथि पुग्दा भने खुब रमाइलो लाग्थ्यो र सोच्थें, म उड्न किन नसिकूँ ?’

पाइलट लाइसेन्स पाएको केही समयपछि उनका क्लिनिकल बायोकेमिस्टले उनको सौखलाई करियरमै बदल्न प्रोत्साहन गरे । 

त्यसपछि उनले आफ्ना पूर्वपति जिम वर्गम्यानसहित तीनजना पाइलट भेटिन् र उनीहरूले संयुक्त रूपमा सन् १९८० मा ग्रेट ब्यारियर एयरलाइन्स स्थापना गरे । पूर्वपति जिमले उनको तालिम र रायनलाई एभियसनप्रतिको लगाव बढाउन धेरै प्रयास गरेको बताउँछिन् रूथ । 

रुथ ३३ वर्षको हुँदा एयर न्यूजिल्यान्डमा आवद्ध भइन् तर उनी डोमेस्टिक र ट्रान्स तासमान रुटमा मात्रै सिमित थिइन् । त्यतिबेला रायन र उनका भाइ टेलर स्कुलमै पढ्थे । पछिल्लो आठ वर्षदेखि रुथले संसारभरि उडान भर्न थालेकी छन् ।  

‘यो काम गर्दा मलाई कहिल्यै अल्छी लाग्दैन’, रुथले कामप्रतिको मोह र लगाव दर्शाइन् । उनले थपिन्, ‘एउटा दार्शनिक भनाइ नै छ,‘हरेक दिन आफैंमा फरक छन् । कुनै पनि दिन र रात एकनाश छैनन् ।’

रुथको परिवारमा पाइलट बन्ने उनी पहिलो सदस्य होइनन् । उनका बाबु रेमन्ड डानजे दोस्रो विश्वयुद्ध ताका पाइलट थिए । यो कुरा उनले आफू पाइलट भएको झण्डैै २० वर्षपछि मात्र थाहा पाएकी थिइन् । 

उनका बुबा त्यतिबेला स्पीटफायर पाइलट थिए । ९९ वटा मिसन पूरा गर्नेवित्तिकै उनलाई तत्कालिन कमान्डिङ अफिसरले घर पठायो । घर फर्किँदा उनी भर्खर २३ वर्षका थिए । 
१००औं मिसनमा कोही पनि सफल नभएको हुँदा उनलाई अफिसरले घर जान सुझाएका थिए । यो कुरा रुथले बाबु ४० वर्ष हुँदामात्र थाहा पाइन् । रूथ पाइलट भइसकेपछि मात्र उनका बुबाले यसबारे बताएका थिए । 

रूथका अनुसार त्यसबेलाका पुरुषले कहिल्यै युद्धका भोगाइबारे कुरा साटेनन् । तैपनि उनी बुबाले पाएका सफलताप्रति गर्व गर्छिन् । 

हजुरबुबाजस्तै रायन पनि कलिलो उमेरमै जहाज हाँक्न थाले । पहिलो एकल उडान भर्दा उनी भर्खर १६ वर्षका थिए । ‘त्यो एकदमै डरलाग्दो क्षण थियो’, ककपिटमा अर्का पाइलटको निर्देशनबिना नै गरिएको पहिलो पटकको उडान सम्झिँदै रायनले भने । करिब एक दशक पाइलटको रुपमा काम गरिसकेका रायन अब आमासँगै एयरलाइन्स जेट पाइलटको श्रेणीमा पर्न चाहन्छन् । 

निकट भविष्यमा रूथ अर्र्को कुनै सफलताको खुड्किलो पार गर्न चाहिन्छन् । कुनै दिन छोरासँगै जेटमा एकसाथ काम गर्ने उनको ठूलो इच्छा छ ।