मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १४:५४:००
Read Time : > 1 मिनेट
अर्थ

अर्थमन्त्री खतिवडा उद्योगी व्यवसायीलाई भन्छन- 'बैंकहरुको नाफा देखेर नआत्तिनुस'

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १४:५४:००

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । 

उनले १५ अर्ब पूँजी भएका बैंकले दुइ तीन अर्ब रुपैयाँ नाफा कमाउनु धेरै नभएको बताए । कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नाफा अर्बमा देखिए पनि प्रतिशेयर आम्दानी कम हुने बताए । उनले भने ‘१५ अर्बको बैंकले १५ प्रतिशत मुनाफा बाडनु पर्याे भने पनि २ अर्ब भन्दा बढी नाफा त गर्नै पर्याे, बैंकको नाफा २ अर्ब भएपछि व्यवसायीक साथिहरुलाई आँखा लाग्छ ओ हो २/२ अर्ब नाफा, ३/३ अर्ब नफा ४/४ अर्ब नाफा अनि पूँजी कति छ हिसाब नगरिदिने ?’  

उनले देशको अर्थतन्त्र सकारात्मक हुनुमा बैंकहरुको भूमिका महत्वपूर्ण हुने समेत बताए । व्यापार घाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको तर रेमिट्यान्स बढी चाहिने, राजश्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर हुने बताए । उनले भने ‘वैदेशिक रोजगारीमा जाने संख्या पनि घटाउ, रेमिट्यानस पनि एकदमै धेरै ल्याउ, व्यापार घाटा एकदमै कम गर, राजश्व पनि एकदमै धेरै बढाईहाल, निक्षेपको ब्याज धेरै देउ, कर्जाको ब्याज त्यो भन्दा कम राख यस्ता कुराले हामी कहिल्यै पनि लजिकल टुंगोमा पुग्दैनौं ।’

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गरे । उनले कृषि विकास बैंकले १० लाख भन्दा कमको कर्जा कुल कर्जाको ८० प्रतिशत हुनुले साना तथा मझौला कर्जामा बैंकको ध्यान गएको स्पस्ट हुने बताउँदै निजी क्षेत्रका बैंकहरुले पनि यस्तो कर्जा बढाउनु पर्ने बताए ।

उनले नेपालको अर्थतन्त्रको आधार नै साना तथा मझौला उद्योग व्यवसाय भएकाले त्यसमा सहयोग गरी अर्थतन्त्रलाई सुदृढ बनाउन सहायोग गर्ने गरी ऋण लगानी गर्न आग्रह समेत गरे ।