१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १४:२७:००
Read Time : > 1 मिनेट
विश्व

फट्याङ्ग्राको बिगबिगीले खाद्य सुरक्षामा गम्भीर संकट ल्याउने संकेत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १४:२७:००

पूर्वी अफ्रिकामा अचानक फट्याङग्राको बिगबिगी बढेको छ । फट्याङग्राले धेरै बालीनालीमा क्षती पुर्याएका छन् । यसले खाद्य सुरक्षामा असर पु-याउने देखिएको छ । खाद्य सुरक्षाका दृष्टिमा संवेदनशील अफ्रिकी मुलुकमा यसले अनुमान नै नगरिएको गम्भीर संकट ल्याउने संकेत दिएको छ । 

यी फट्याङग्रालाई लोपोन्मुख प्रजातिमा गनिन्थ्यो । सामान्य हातको औंला जति लम्बाई भएका यी फट्याङग्रा एकैपटकमा लाखौंको संख्यामा उड्छन् र बालीनालीमा क्षती पुर्याउँछन् । जसले अफ्रिकी क्षेत्रको उत्पादकत्व र ग्रामीण अर्थतन्त्रमा कमी ल्याउने निश्चित रहेको छ । 

हजारौं हेक्टरको बाली नोक्सान भएका कारण यो भेगको खाद्य सुरक्षा अवस्था झन खराब हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  पूवी अफ्रिकी क्षेत्रीय निकायले यस हप्ता केन्यामा फट्यांग्राको झुण्डका गतिविधिमा अत्यन्त ‘खतरनाक वृद्धि’ भएको जानकारी गराएको थियो । अन्तरसरकारी विकास प्राधिकरण (जिआइएडी) ले जानकारी गराएअनुसार फट्याङग्राको एउटा झुण्ड ६० किलोमिटर लम्बाई र ४० किलोमिटर चौडाई रहेको छ । 

विश्व खाद्य संगठनको तथ्यांकअनुसार २००३ देखि २००५ सम्म यो फट्याङग्राको नियन्त्रण गर्न ५ सय मिलियन डलर खर्च भएको छ र यसबाट २ दशमलव ५ विलियन डलर बराबरको बालीमा नोक्सान पुर्याएको छ ।  जलवायु परिवर्तनका कारण यस्तो खतराजन्य अवस्था देखिएको हुनसक्ने अनुमान कृषि विज्ञले गरेका छन् । 

यसले सोमालिया, इथियोपिया, सुडान, इरिट्रिया र जिबौटीमा पनि क्षती पुर्याइसकेको छ । अब दक्षिण सुडान र युगान्डामा फैलिन सक्ने आइजिएडीले चेतावनी दिएको छ । सोमालियाको ७० हजार हेक्टर जमीनको बाली नोक्सान गरेपछि अहिले केन्याको उत्तरी भागमा देखिएको छ । 

प्रजननका लागि जुन महिनासम्म अनुकुल वातावरण हुने भएकाले त्यसभन्दा अगाडि यसको प्रकोप अन्त्य नहुने अवस्था देखिएको जिआइएडीले जनाएको छ । तर नियन्त्रणका लागि हवाई माध्यामबाट किटनाशक औषधि प्रयोग गरिएको छ ।