१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ७ मंगलबार १३:५६:००
Read Time : > 1 मिनेट
समाचार

चार सवारी चालक पूर्पक्षका लागि थुनामा

Read Time : > 1 मिनेट
२०७६ माघ ७ मंगलबार १३:५६:००

कास्कीका विभिन्न स्थानमा लापर्वाही गरि सवारी चलाइ दुर्घटना गराउने चार जना सवारी चालकलाई जिल्ला अदालत कास्कीको आदेशमा पूर्पक्षका लागि कारागार चलान गरिएको छ । यसरी पूर्पक्षका लागि थुनामा जानेमा दुइजना सवारी चालक अनुमति पत्र नलिई सवारी दूर्घटना गराउने र दुई जना लापर्वाही गर्ने चालक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरु विरुद्ध सवारी ज्यान मुद्धा दर्ता गरिएकोमा अदालतले पूर्पक्षका लागि कास्की कारागार चलान गर्न आदेश दिएको हो । 

कारागार चलान हुनेमा ग १ च ९६९९ नम्बरका कार चालक दाङ तुलसीपुर ११ बस्ने २१ वर्षीय किशोर भण्डारी, ना४५ प ५६९४ नम्बरका मोटरसाइकल चालक पोखरा २६ का २७ वर्षीय कृष्ण विश्वकर्मा, बालोदय उच्च माध्यामिक बिद्यालयको ग १ क २४९९ नम्बरका बस चालक सुनसरी धरान नगरपालिका १९ का ४३ वर्षीय रविन राई र ग १७ प ३५४७नम्बरको स्कुटर चालक पोखराका २५ वर्षीय सजन विक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।  

यस्तो छ कारण
किशोर भण्डारीले चालक अनुमति पत्र नलिई ६ पुसमा चलाएको कारको ठक्करबाट पोखरा ६ डिहिगो पाटनमा पोखरा ११ का २२ वर्षीय रेक्स आले भाइते भए । उनको उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा ज्यान गुमेको थियो । अन्य तीन जना घाइते छन् । 

कृष्ण विश्वकर्माले चलाएको मोटरसाईकलले ७ पुसमा पोखरा ३० अर्घोैंचोकमा ८१ वर्षीय भानुभक्त तिवारीलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा ८ पुसमा ज्यान गुम्यो । उनको पनि सवारी चालक अनुमति पत्र नरहेको पाइएको थियो । उनलाई जिल्ला अदालत कास्कीले ६ माघमा पुर्पक्षका लागि कारागार चालनका गर्न आदेश दिएको हो ।  उक्त दिनमै बालोदय माविका बस चालक राई र कार चालक विकलाई पनि पूर्पक्षका लागि कारागार पठाउने आदालतले आदेश दिएको हो ।

राईले चलाएको स्कुल बसबाट खसेर पोखरा १७ बस्ने २६ वर्षीया सरिता पौडेल सुवेदीको ८ पुसमा ज्यान गुमेको थियो । बसको ढोका नलगाई लापरबाही ढंगले चलाएकाले उक्त दूर्घटना घटेको प्रहरी निस्कर्ष छ । विकले मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएका थिए । उनले चलाएको मोटरसाइकलले ५ पुसमा पोखरा ९ का ४२ वर्षीय अमृत घिमिरेलाई ठक्कर दिएको थियो । उनलाई अंगभंग शिर्षकमा प्रहरीले मुद्दा दर्ता गरेको हो । 

चारै जनालाई जिल्ला कारागार चलान गरिएको प्रहरी नयाव उपरीक्षक केसीले जानकारी दिए ।