Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १३:०५:००
Read Time : < 1 मिनेट
समाचार

नियुक्तिमा उजुरी परेपछि परिषद्ले निकाल्यो ५० कर्मचारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १३:०५:००

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्  विभिन्न परियोजनामा आवद्ध ५० जना कर्मचारीलाई निकाल्ने भएको छ । स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले ती कर्मचारीको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाएपछि परिषद्ले उनीहरुलाई निकाल्न लागेको हो । 

परिषद्मा अनियमितता भएको भन्दै उजुरी परेपछि स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरी अनुसन्धान अघि बढाएको स्वास्थ्य सचिव खगराज बरालले बताए । छानविन समितिले दिएको सुझावका आधारमा परिषद्ले गत आइतबार ती कर्मचारीलाई बोलाएर विदा गरेको थियो ।

परिषद्का कार्यकारी अध्यक्ष डा.अञ्जनीकुमार झाले मन्त्रालयबाट निर्देशन पत्र आएपछि कर्मचारी विदा गरेको बताए । उनले भने, ‘पुस मसान्तसम्म करार अवधि थियो । माघ १ देखि करार नविकरण गर्नुपर्ने थियो । त्यो हुन सकेन । मन्त्रालयको निर्देशन आएपछि हामीले अहिलेलाई विदा गरेका हौं ।’ 

परिषद्ले मेन्टल हेल्थ, स्टेप्स सर्भेलगायत विभिन्न परियोजनाका लागि नियुक्त गरिएका कर्मचारीलाई विदा गरेको डा. झाले बताए ।