Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश दवाडी काठमाडौं
२०७६ माघ ७ मंगलबार १२:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उपसभामुख कांग्रेसलाई दिन नेकपा तयार

Read Time : < 1 मिनेट
रमेश दवाडी काठमाडौं
२०७६ माघ ७ मंगलबार १२:२४:००

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ । 

भेटवार्ताका क्रममा प्रचण्ड र पौडेलबीच उपसभामुखको विषयमा छलफल भएको पौडेल निकट एक नेताले नयाँ पत्रिकालाई जाकाकारी दिए । 

‘रामचन्द्र पौडेल र प्रचण्डबीच भेट भएको हो । पौडेलले उपसभामुख कांग्रेसलाई दिन प्रचण्डसँग प्रस्ताव गर्नुभयो । उहाँको प्रस्ताव प्रचण्ड सकारात्मक रहनुभएको बुझिएको छ’ ती नेताले भने । 

भर्खरै सम्पन्न कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सभामुखमा कांग्रेस उम्मेदवारी नदिने निर्णय गरेको छ । उपसभामुख भने कांग्रेसले दाबी गरेको छ । 

कांग्रेसलाई उपसभामुख दिन नेकपा पनि सकारात्मक बनेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । ‘उपभामुखको विषयमा हामीले छलफल गरेका छैनौं । कांग्रेसलाई उपसभामुख दिने, नदिने विषमा हामी छलफल गर्छौै’ सचिवालय सदस्य समेत रहेका पौडेलले नयाँ पत्रिकासँग भने । 

कांग्रेसले सभामुखको उम्मेदवार बनाउने भनेर चर्चामा ल्याएको संसदीय दलकी सचेतक पुष्पा भुषाललाई अब उपसभामुखको उम्मेदवार बनाउने कांग्रेस स्रोतको भनाइ छ । 

नेपालको संविधान– २०७२ को धारा ९१ (२) अनुसार, प्रतिनिधि सभाको सभामुख र उपसभामुख एउटै दलको उम्मेदवार र एकै लिङ्गको हुन सक्दैनन् । यही प्रावधान अनुसार नेकपाले कांग्रेसलाई उपसभामुख दिन लागेको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि उपसभामुख दावी गरेको छ । नेकपाको सभामुख उम्मेदवारलाई सघाउने निर्णय गरेको राजपाले ९ माघमा हुने राष्ट्रियसभा निर्वाचका लागि पनि नेकपासँग तालमेल गरेको छ ।  राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नयाँ पत्रिकालाई भने, ‘उपसभामुख कुन दललाई दिने नेकपाको हातमा छ । दाबेदार हामी पनि छौं ।’