१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सौरभ चौधरी
काठमाडाैं
२०७६ माघ ७ मंगलबार ११:२४:००
Read Time : < 1 मिनेट
सप्तरंग

सिने उद्योगमा उत्प्रेरणा अभाव

Read Time : < 1 मिनेट
काठमाडाैं
२०७६ माघ ७ मंगलबार ११:२४:००

 

फिल्म ‘बेस्ट फ्रेन्ड फरेभर’बाट अभिनयको करिअर सुरु गरेका सौरभ चौधरीले निर्देशन गरेको ‘लभ डायरिज’ बजारमा आउने क्रममा छ । यसअघि उनले फिल्म ‘च्याम्पियन’को सह–निर्देशन गरेका थिए । सिनेमामा आउनुअघि उनले ‘मिस्टर नेपाल–२०१४’ मा ‘मिस्टर स्पोर्टस्’ विधा जितेका थिए । उनीसँग नयाँ पत्रिकाले गरेको संवाद :

पुराना वितरकलाई छाडेर करण श्रेष्ठ ‘क्रेजी’लाई ‘लभ डायरिज’को जिम्मा दिनुभएछ । के कारणले हो ?
वितरक करणसँग ममा जस्तै ऊर्जा छ । त्यही ऊर्जाका कारण उनलाई आफूले निर्देशन गरेको फिल्म ‘लभ डायरिज’ वितरणको जिम्मा लगाएको हुँ ।

पछिल्लो समयमा नेपाली सिनेमा लगातार असफल भइरहेका छन् नि ?
सिनेमा राम्रो छैन भने महिनाभरि एकल रिलिज पाउँदा पनि केही गर्न सकिँदैन । राम्रो छ भने १० वटा सिनेमा भिड्न आए पनि चल्छ । दुई करोड खर्च भएको फिल्म कस्तो बनेको छ भन्ने हलमा पुगेपछि देखिन्छ ।

लगातार तीनवटा फिल्म असफल भएका सुशील श्रेष्ठलाई मुख्य अभिनेता बनाउनुभएछ । फिल्म चल्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
सुशील श्रेष्ठ पर्फेक्ट अभिनेता हुन् । उनका फिल्म नचल्नु दुर्भाग्य हो । ‘लभ डायरिज’मा उनको क्षमता देखिनेछ । यो फिल्मबाट उनले विगतको असफलतालाई बिर्साउनेछन् ।

अहिलेका नेपाली फिल्ममा पात्रभित्र अभिनेता खोजिन्छ । त्यो अवस्थामा पर्फेक्ट अभिनेताका कारण फिल्म चल्छ भन्ने छ र ?
नेपालमा हरेक किसिम र स्वादका सिनेमा बन्न जरुरी छ । सबैको आ–आफ्नै मूल्य छ । आफूलाई सहज हुने विधामा मैले काम गर्छु । चलेको विधामै फिल्म बनाउनुपर्छ भन्ने पनि छैन । त्यसैले सुशीलका कारण पनि फिल्म चल्नेमा विश्वस्त छु ।

नवप्रवेशीलाई नेपाली सिनेमा उद्योगले कसरी हेर्छ ?
कतिपय अवस्थामा सिनेमा बनाउनकै लागि मात्र बनिरहेका हुन्छन् । नवप्रवेशीप्रति अविश्वास गर्ने गरिन्छ । आफूलाई प्रमाणित नगरेसम्म त्यो अवस्था रहिरहन्छ । नेपाली सिने उद्योगमा उत्प्रेरणाको अभाव छ ।