मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सीमान्त सन्तोष
२०७६ माघ ७ मंगलबार ११:१५:००
Read Time : < 1 मिनेट
सप्तरंग

जो गायनको भोकले  देश फर्किए

Read Time : < 1 मिनेट
२०७६ माघ ७ मंगलबार ११:१५:००

वसन्त सापकोटाको संगीत र स्वप्निल बरालको शब्द रहेको ‘पूजाकी थाली’ बोलको गीतले सीमान्त सन्तोषलाई दर्शक–श्रोतामाझ चिनायो । ‘सीमान्त सन्तोष’को नामले परिचित झापाका सन्तोष घिमिरे यतिवेला गायनमा सक्रिय छन् । उनी सानैबाट गीतका सौखिन थिए । गाउँमा भजन–कीर्तन हुँदा उनी निमावि लेबलमा पढ्थे । त्यो वेला नै गाउँमा उनलाई ‘भजन मास्टर’ भनिन्थ्यो । ‘मैले नगाए गाउँलेहरू भजन मीठो भएन भन्थे,’ उनी भन्छन्, ‘गाउँका ३०–४० घरमा एकादशीमा हुने भजनमा गणेश, लक्ष्मीलगायत पाँचा भजन नगाई मलाई हिँड्ने छुट हुँदैनथ्यो ।’

त्यही भजनको प्रभावले उनमा गायनको भोक अझ बढ्दै गयो । प्लस टु सकेर काठमाडाैं आएका सन्तोष पढाइमा पनि उत्तिकै राम्रा थिए । तर, बिबिएस तेस्रो वर्षबाट त्यो पढाइ ब्रेक भयो । जसको कारण थियो, वैदेशिक रोजगारी । युएईमा बसेर राम्रो काम गरिरहँदा पनि उनको मनले गीत–संगीतको तलतललाई बिर्सिन सकेन । गीत गाउँथे, तर रेकर्ड गर्ने ठाउँ हुँदैनथ्यो । सेल्स सुपरभाइजरको जागिर गरेका उनको तलब पनि आकर्षक थियो । तर, त्यहाँ पाँच वर्ष काम गरेपछि उनलाई संगीतको भोक अचाक्ली लाग्यो । जागिरबाट राजीनामा दिएर सधैँका लागि नेपाल फर्किए । अनि, गायन पेसामा लागे ।

चार वर्षयता व्यावसायिक रूपमै गायनमा लागेका सन्तोषले अहिले करणराज कार्कीसँग गायन सिकिरहेका छन् । दुई दर्जनभन्दा बढी गीतमा स्वर भरिसकेका छन्, उनले ।