१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १०:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सभामुखमा राजपाले नेकपालाई सहयोग गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १०:५९:००

राष्ट्रिय जनता पार्टी (राजपा) ले सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) का सभामुख अग्नी सापकोटालाई सघाउने भएको छ । 
संसदमा नेकपाको बहुमत भएका कारण सापकोटा सभामुख बन्ने निश्चित छ । ९ माघमा हुने राष्ट्रियसभा निर्वाचका लागि नेकपा र राजपाले तालमेल गरेका छन् । 

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सभामुखमा नेकपालाई  नै सघाउने बताए । ‘सभामुखमा नेकपाको उम्मेदवारले जित्ने निश्चित छ । राष्ट्रिय सभाको निर्वाचनका लागि हामीले गठबन्धन पनि गरेका छौं ।’ संयोजक महतोले मंगलबार नयाँ पत्रिकासँग भने, ‘उहाँहरू (नेकपा) सँग हामीले दुई बूँदे सहमति पनि गरेका छौं ।’ भने, ‘हाम्रो समर्थन नेकपालाई हो ।’  

संयोजक महतोले समाजवादी पार्टीसँग एकता र नेकपाको सरकारमा जाने, नजाने विषमा राष्ट्रिय सभा निर्वाचनपछि मात्रै छलफल गरिने पनि जानकारी दिए ।