मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मन्जु टेलर  
२०७६ माघ ७ मंगलबार ११:००:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सिक्स प्याक एब्स बनाउन

Read Time : > 1 मिनेट
मन्जु टेलर  
२०७६ माघ ७ मंगलबार ११:००:००

अजय महर्जन
फिटनेस इन्स्ट्रक्टर
बानुज टोटल फिटनेस

युवापुस्तामा शारीरिक सुगठनप्रतिको मोह बढ्दो छ, फिटनेस सेन्टर धाउने धेरैको रहर सिक्स प्याक एब्स बनाउने हुन्छ । तर, सिक्स प्याक बनाउन सजिलो छैन । यसका लागी खानपानमा उच्च सतर्कता र कडा व्यायाम जरुरी छ । 

कार्डियो एक्सरसाइज
सिक्स प्याक एब्स बनाउन कार्डियो भास्कुलर एकदमै महत्वपूर्ण हुन्छ । नियमित कार्डियो एक्सरसाइज गर्दा एकदमै छोटो समयमा पेटको बोसो घटेर जान्छ । सिक्स प्याक बनाउन प्रत्येक दिन २० देखि ४० मिनेट वा हप्तामा एक सय ५० देखि ३ सय मिनेटसम्म कार्डियो गर्नुपर्छ  । कार्डियो व्यायाम सहज बनाउन दौड, स्विमिङ, साइक्लिङ आदि आफूलाई मनपर्ने खेल खेल्न पनि सकिन्छ । 

मांसपेशीको व्यायाम
व्यायाम गर्दा शरीरका मांसपेशी बलियो हुन्छन् । यसका लागि क्रन्च, लङ आर्म क्रन्च, रिर्जब क्रन्च आदि एक्सरसाइज गर्न सकिन्छ । यसले सम्पूर्ण मांसपेशी बढाउनुका साथै बलियो बनाउँछ । तर, यसका लागि नियमित डाइट र कार्डियो एक्सरसाइज आवश्यक हुन्छ । 

उच्च प्रोटिन
उच्च प्रोटिनयुक्त खानाको सेवन मोटोपना घटाउन एकदमै सजिलो हुन्छ । प्रोटिनले क्यालोरी सेवन कम गर्न मद्दत गर्छ, यसले भोक कम लाग्ने भएकाले स्वतः खानामा कमी आउँछ । त्यस्तै, एक्सरसाइजको समयमा मांसपेशी बलियो बनाउने भएकाले हड्डीमा समस्या आउँदैन ।

अध्ययनअनुसार एक वयस्कले २० मिनेटको दरले हप्तामा तीनचोटि हाई इन्टन्सिटी ट्रेनिङ गरेमा ४ दशमलव ४ पाउन्ड तौल घटाउन सक्छ । 

हाई–इन्टेन्सिटी इन्टर्भल ट्रेनिङ
उच्च तीव्रता अन्तराल प्रशिक्षण विषेश व्यायाम हो, यसमबाट छोटो समयमै धेरै तौल घटाउन सकिन्छ । तर, एकदमै धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । अध्ययनअनुसार एक वयस्कले २० मिनेटका दरले हप्तामा तीनचोटि हाई इन्टन्सिटी ट्रेनिङ गरेमा ४ दशमलव ४ पाउन्ड तौल घट्न सक्छ । 

प्रशस्त पानी
प्रशस्त पानी स्वास्थ्यका अति आवश्यक छ । शरीरमा भएका विकारयुक्त वस्तुहरू बाहिर ल्याउनुका साथै शरीरको तापक्रम नियन्त्रण गर्न पनि पानीले मुख्य भूमिका खेलिरहेको हुन्छ । यसका साथै पाचन प्रक्रिया र रक्तसञ्चारका लागी पनि शरीरमा पानीको मात्रा उचित हुनु जरुरी हुन्छ । सामान्यतया एक्सरसाइजको समयमा शरीरबाट पसिनाको माध्यमबाट पानी बाहिर निस्कने भएकाले पानीको मात्रा कम हुन्छ । जसको कारण स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ । तसर्थ, व्यायामको दौरान प्रशस्त मात्रामा पानी पिउनु जरुरी हुन्छ । 

प्रशोधन गरिएका खानेकुरा नखाने
बजारमा पाइने ड्राई फुड अर्थात् प्रशोधन गरिएका खानेकुरा खानुहुँदैन । यस्ता खानेकुरामा पौष्टिक तत्व निकै कम हुने भएकाले शरीरलाई चाहिने आवश्यक तत्वमा कमी आउँछ ।  प्रोटिन, खनिज र भिटामिनयुक्त खानेकुरा सेवनमा जोड दिनुपर्छ । सामान्य अवस्थाभन्दा व्यायाम गरिरहेको समयमा उच्च पौष्टिक खानेकुराको आवश्यकता पर्छ । यसले शरीर सुगठित हुनुका साथै स्वास्थ्य पनि राम्रो हुन्छ । त्यस्तै, शरीरका लागि पर्याप्त आराम पनि जरुरी हुन्छ, नियमित व्यायाम गर्नेले समयमै सुत्ने र समयमै उठ्ने गर्नुपर्छ । सामान्यतया हाम्रो शरीरलाई ७ देखि ९ घन्टासम्मको निद्रा आवश्यक पर्छ ।