मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ७ मंगलबार १०:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी, सभामुखकाे उम्मेदवारको टुंगो लगाउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ७ मंगलबार १०:४८:००

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी छ । सभामुख वा उपसभामुखको उम्मेदवारीको टुंगो लगाउन सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी रहेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नीप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाएपछि कांग्रेसले पनि उम्मेदवारबारे निर्णय गर्न छलफलमा जुटेको हो । 

सभामुख र उपसभामुखमध्ये एक पद दावी गर्दै आएको कांग्रेसले सभामुखमा नेकपालाई सघाउने संकेत देखिएको छ । सभामुखमा नेकपालाई सघाएर उपसभामुखमा उम्मेदवारी दिने कांग्रेसको रणनीति रहेको स्रोतको भनाइ छ ।