१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सुर्खेत
२०७६ माघ ७ मंगलबार १०:१४:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रतिस्पर्धाविनै कर्मचारी भर्ना 

Read Time : < 1 मिनेट
सुर्खेत
२०७६ माघ ७ मंगलबार १०:१४:००

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले प्रतिस्पर्धाविनै कर्मचारी भर्ना गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले नियमावलीविपरीत चारजना कर्मचारी विनाप्रतिस्पर्धा भर्ना गरेको हो । कमल सिँजापति, जयकृष्ण न्यौपाने, अजित बौडेल र सिर्जना मल्लले प्रतिस्पर्धाविनै विश्वविद्यालयमा नियुक्ति पाएका हुन् । 

सिँजापति, न्यौपाने र बौडेललाई अधिकृत तहमा र मल्ललाई सुब्बा तहमा नियुक्ति दिइएको स्रोतले जनाएको छ । सिँजापतिलाई कामु उपकुलपतिको स्वकीय सचिव, न्यौपानेलाई रजिस्ट्रारको स्वकीय सचिवको जिम्मेवारी दिइएको छ । बौडेल शिक्षा शास्त्र केन्द्रीय क्याम्पसका आंशिक शिक्षक हुन् । मल्ल यसअघि रजिस्ट्रारको स्वकीय सचिव थिइन् ।

विश्वविद्यालयका निमित्त रजिस्ट्रार डा. यमबहादुर कार्कीले लामो समयदेखि सेवा गरेकालाई विश्वविद्यालयले आन्तरिक दरबन्दी दिन मिल्ने व्यवस्था भएका कारण नियुक्त गरिएको बताए ।