Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
न्युयोर्क
२०७६ माघ ७ मंगलबार ०९:४३:००
Read Time : < 1 मिनेट
विश्व

ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया सुरु 

Read Time : < 1 मिनेट
न्युयोर्क
२०७६ माघ ७ मंगलबार ०९:४३:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया माथिल्लो सदन सिनेटमा सुरु भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस्ले सिनेटका सदस्यलाई शपथग्रहण गराएपछि महाअभियोग प्रक्रिया सुरु भएको हो ।

यसअघि रोबर्टस्ले सिनेटमा हुने महाअभियोग प्रक्रियाको अध्यक्षताको शपथ लिएका थिए । सिनेटमा महाभियोग प्रस्तावमाथिको सम्पूर्ण प्रक्रियाको नेतृत्व सर्वाेच्च अदालतका प्रधानन्यायाधीशले गर्ने व्यवस्था छ । 

प्रधानन्यायाधीश रोबर्टस्ले सिनेटका १०० जनामध्ये ९९ सिनेटरलाई शपथ गराएका छन् । शपथ कार्यक्रममा रिपब्लिकन पार्टीका एकजना सिनेटर भने अनुपस्थित रहे ।प्रधानन्यायाधीशबाट शपथ नलिई कुनै पनि सिनेटरले महाअभियोगसम्बन्धी मतदानलगायत अन्य प्रक्रियामा भाग लिन पाउँदैनन् ।

गत महिना तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने पक्षमा मतदान गरेको थियो । मतदानमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने १९७ जनाले विपक्षमा मतदान गरेका थिए । 

डेमोक्र्याट सदस्यले महाअभियोगको पक्षमा र रिपब्लिकनले विपक्षमा मतदान गरेका थिए । ट्रम्प अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सबाट महाअभियोग सामना गर्ने तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन् ।