१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
बर्लिन
२०७६ माघ ७ मंगलबार ०९:३७:००
Read Time : < 1 मिनेट
विश्व

लिबिया सम्मेलन : द्वन्द्व अन्त्यका लागि विश्व नेता सहमत

Read Time : < 1 मिनेट
बर्लिन
२०७६ माघ ७ मंगलबार ०९:३७:००

जर्मनीको बर्लिनमा सुरु भएको लिबिया सम्मेलनका सहभागीहरू लिबियामा जारी द्वन्द्व अन्त्यका लाागि हतियारको प्रयोग निषेध गर्ने विषयमा सहमत भएका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले द्वन्द्व समाधान गर्ने विषयमा विश्व नेता सहमत भएको जानकारी दिइन् । उनले भनिन्, ‘हतियारको प्रयोग रोक्ने र शान्ति स्थापनाका लागि सबैले पहल गर्ने गम्भीर विषयमा सहमति जनाएका छौँ ।’

उनले बर्लिन सम्मेलनले अघि सारेको सहमतिले आगामी दिनमा लिबियामा शान्ति स्थापनाका लागि सहयोग पुर्‍याउने बताइन् । सहमतिले लिबियामा शान्ति स्थापनाका लागि जारी प्रयासमा ठूलो योगदान पुर्‍याउने उनको धारणा छ । सम्मेलनपछि ५५ बुँदे सहमतिपत्र जारी गरिएको छ ।

सहमतिअनुसार हतियारको प्रयोग निषेध गरिएको अवस्थाको निरीक्षणका लागि पनि एक समूह गठन गरिनेछ र त्यसका आधारमा त्यहाँ हतियारको दुरुपयोग भए/नभएकोबारेमा निरीक्षण गरिनेछ । सहमतिको राष्ट्रसंघले पनि स्वागत गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेजले सहमतिले लिबियामा शान्ति स्थापनाका लागि सहयोग पुर्‍याउने धारणा राखेका छन् । सम्मेलनमा टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिलगायत विश्वका नेताहरू सहभागी छन् । लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर मर्केलको संयोजकत्वमा सो सम्मेलनको आयोजना गरिएको हो ।

राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेजसँग परामर्श गरेर सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा मध्यस्थताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान सहभागी छन् ।