१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ७ मंगलबार ०९:१८:००
Read Time : < 1 मिनेट
प्रदेश

अफ सिजनमा पनि सुनसान छैन अन्नपूर्ण पदमार्ग

Read Time : < 1 मिनेट
२०७६ माघ ७ मंगलबार ०९:१८:००

पदयात्राका लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिवेला पर्यटकको चहलपहल घटेको छैन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार पदयात्राको समय नमानिने डिसेम्बर र जनवरीमा ८ सयभन्दा बढी विदेशी पर्यटक लमजुङ हुँदै आएको पाइएको छ । पर्यटक सूचना केन्द्र (टिम्स) बेँसीसहरका टिम्स इन्चार्ज नन्दराज भट्टका अनुसार गत डिसेम्बरमा ७ सय ३१ जना विदेशी पर्यटक आएका थिए भने जनवरी १९ सम्म १ सय ६५ जना विदेशी पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन् । 

अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म पदयात्राको राम्रो समय मानिन्छ । गत सेप्टेम्बरदेखि नोभेम्बरसम्म ११ हजार ६ सयजना पर्यटक पदयात्राका लागि आएका थिए । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गरेको टिम्स इन्चार्ज भट्टले बताए । पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो ।

पछिल्लो समय विभिन्न क्लब तथा संघसंस्थामा आबद्ध भएका समेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा जाने गरेका छन् । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत् तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । 

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको ५ हजार ४ सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । अहिले हिमपात भइरहेकाले माथिल्लो मनाङ गाउँबाट थोराङ पास तथा तिलिचो जान पर्यटकलाई स्थानीय प्रशासन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले रोक लगाएको छ ।