मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ माघ ७ मंगलबार ०९:०६:००
Read Time : < 1 मिनेट
प्रदेश

बैंक तथा वित्तीय संस्था परिसंघको महानिर्देशकमा तिवारी

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ ७ मंगलबार ०९:०६:००

बैंक तथा वित्तीय संस्था परिसंघ महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् ।

वाणिज्य बैंकहरू, विकास बैंक र वित्तीय संस्थाको छाता संगठनका रूपमा रहेको परिसंघको हालै सम्पन्न कार्यसमितिको बैठकले तिवारीलाई नियुक्त गरेको हो ।

महानिर्देशकको कार्यकाल ४ वर्षको हुनेछ । तिवारीले नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम र विश्व बैंकजस्ता संस्थामा काम गरिसकेका छन् ।

उनीसँग विभिन्न वैदेशिक दातृ निकाय, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रमा काम गरेको लामो अनुभव छ ।