मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
धनकुटा
२०७६ माघ ७ मंगलबार ०९:०१:००
Read Time : < 1 मिनेट
प्रदेश

पाँच होटेलमा हरियो स्टिकर

Read Time : < 1 मिनेट
धनकुटा
२०७६ माघ ७ मंगलबार ०९:०१:००

गुणस्तर होटेल, रेस्टुरेन्ट स्तरीकरणमा परेका धनकुटा बजारमा सञ्चालित ५ होटेलमा हरियो स्टिकर टाँस गरिएको छ ।

खाद्य स्वच्छताका आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका–२०७४ को मापदण्डमा परेको धनकुटा बजारमा सञ्चालित ५ होटेलमा गुणस्तर स्तरीकरण स्टिकर टाँसिएको हो । 

होटेल मुर्चुंगा, होटेल सुरभी, होटेल अञ्जुली, होटेल मकालु र होटेल चिफ एन्ड बेस्टमा गुणस्तर स्तरीकरण स्टिकर टाँस गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख शिवशंकर मिश्रले जानकारी दिए ।