मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ ७ मंगलबार ०८:३२:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव नेतृत्वको नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य लोहनी पक्राउ

Read Time : < 1 मिनेट
२०७६ माघ ७ मंगलबार ०८:३२:००

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा  माओवादीका  पूर्व  केन्द्रीय सदस्य गुणराज लोहनी चितवनबाट पुन: पक्राउ  परेका  छन् ।  लोहनी यस अघि पक्राउ परेर छुटेका थिए ।  उनी दिर्घरोगी रहेको भन्दै सामान्य तारेखमा  छुटेका  थिए ।  नेपाल  प्रहरीको विशेष  व्युरोले  लोहनीलाई चितवनको आदर्शनगरबाट  सोमबार साँझ  पक्राउ  गरेकाे हो । 

ब्युरोले  लोहनीलाई जिल्ला प्रहरी  कार्यालय चितवनमा  बुझाएको  छ । पुन: चन्दा  उठाउन  थालेको  सुचना  पाएपछि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लोहनीलाई तत्काल पक्राउ गर्न ब्युरोलाई निर्देशन दिएका थिए । महानिरीक्षक खनालकाे निर्देशनमा व्युरोले लोहनीलाई पक्राउ गरेको हो ।

अस्वस्थ रहेको कारण लोहनीले पार्टीको केन्द्रीय सदस्यबाट यस अघि नै राजीनामा दिएका थिए । लाेहनीलाई गत असाेजमा चितवन प्रहरीले पक्राउ गरेर १३दिन पछि रिहा गरेको थियो ।