मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ माघ ७ मंगलबार ०८:२३:००
Read Time : < 1 मिनेट
खेलकुद

ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ ७ मंगलबार ०८:२३:००

संस्थागत विद्यालयहरूको संगठन (ओप्स)को आयोजनामा पाँचौँ ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ । ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले सोमबार पत्रकार सम्मेलनमा खेलुकद सप्ताहमा २३ विद्यालयले चार खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् ।

उनका अनुसार ब्याडमिन्टन, फुटबल, भलिबल र एथलेटिक्स खेल हुनेछन् । ब्याडमिन्टन र एथलेटिक्समा एक खेल एक विधाका आधारमा प्रतिस्पर्धा हुनेछ । यसमा एकल पुरुष र महिलासँगै मिक्स डबल्समा खेल हुनेछन् ।

पुरुष र महिला हाई जम्प, लङ जम्प, सय मिटर दौड, दुई सय मिटर दौड, चारगुणा १०० मिटर रिलेमा खेल हुनेछन् । सिर्जना ज्ञानसागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुँयालले फुटबलमा १६ पुरुष टोली हुने बताए ।

फुटबल खेल सिर्जना ज्ञानसागरले आयोजना गर्नेछ । फुटबल र एथलेटिक्स गोलढुंगा खेल मैदानमा हुनेछ । ब्याडमिन्टन मनमैजुको जी फोर हल तथा भलिबल तारकेश्वरको पैयाटारमा हुनेछन् । प्रतियोगिता १४ माघसम्म चल्नेछ ।