मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
लन्डन
२०७६ माघ ७ मंगलबार ०८:१०:००
Read Time : < 1 मिनेट
खेलकुद

उपाधितर्फ लम्किँदै लिभरपुल

Read Time : < 1 मिनेट
लन्डन
२०७६ माघ ७ मंगलबार ०८:१०:००

लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदान एन्डफिल्डमा प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २–० ले हराउँदै लिभरपुलले शीर्ष स्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ । प्रशिक्षक जर्गेन क्लोपको प्रशिक्षणमा रहेको लिभरपुलले २३ खेलमा २२ जित निकाल्दै ६४ अंक जोडेको छ ।

साबिक विजेता म्यानचेस्टर सिटीले समान खेलबाट ४८ अंक हात पारेको छ । एन्डफिल्डमा पराजित युनाइटेडले २३ खेलबाट ३४ अंक हात पारेको छ । यस सिजनमा लिभरपुलले एक मात्र बराबरी खेल युनाइटेडविरुद्ध नै खेलेको थियो । खेलको १४औँ मिनेटमै भर्गिल भान डाइकले युनाइटेडको बलियो डिफेन्स तोड्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए ।

खेलको अन्तिम इन्जुरी समयमा मोहमद सलाहले काउन्टर एट्याक्टमा उत्कृष्ट फिनिसिङ गर्दै लिभरपुललाई २–० को सानदार जित दिलाए । दोस्रो हाफमा युनाइटेडले लिभरपुलमाथि दबाब राखेको थियो । लिभरपुलले युनाइटेडलाई घरेलु मैदानमा लगातार आठ खेलमा हराएको छ । 

प्रशिक्षक सेटिनको सुखद डेब्यु 
बार्सिलोनाका नवनियुक्त प्रशिक्षक क्वेक सेटिन डेब्यु प्रशिक्षण खेलमै जित निकाल्न सफल भएका छन् । कप्तान लियोनल मेसीको निर्णायक गोलमा बार्सिलोनाले आइतबार राति स्पेनिस लालिगामा ग्रेनाडालाई १–० ले पराजित गर्‍यो ।

खेलको ७६औँ मिनेटमा भिडालको पासमा मेसीले गोल गरेका थिए । १० खेलाडीमा सीमित ग्रेनाडाविरुद्ध बार्सिलोनाले अधिकांश समय खेल आफ्नो पक्षमा राखेको थियो । जितसँगै बार्सिलोना गोलअन्तरमा शीर्ष स्थानमा रहेको छ । बार्सिलोना र रियल म्याड्रिडको समान ४३ अंक छ ।