मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ७ मंगलबार ०७:४२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

अंग प्रत्यारोपण नियमावली संशोधन

Read Time : < 1 मिनेट
२०७६ माघ ७ मंगलबार ०७:४२:००

सरकारले मानव अंग प्रत्यारोपण नियमावली संशोधन गरेको छ । मिर्गौला प्रत्यारोपण गर्दा नक्कली दाता खडा गरेका घटना सार्वजनिक भएपछि अंग लिने–दिनेको फोटो, ल्याप्चे, हस्ताक्षर र बायोमेट्रिक प्रणालीलाई अनिवार्य गरेको हो । 

गत साउनमा ललितपुरको निदान अस्पतालमा एक व्यक्तिलाई अंग दानको लागि तयार पारेर अर्कै व्यक्तिको मिर्गौला निकालेर प्रत्यारोपण गराएको तथ्य बाहिर आएपछि सरकारले मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध ) ०७३ लाई संशोधन गरेको हो । अंग प्रत्यारोपणमा निदान अस्पतालबाट पाठ सिकेको सरकारले यस्ता घटनालाई रोक्न नियमावली संशोधन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालले रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको थियो ।