मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ६ सोमबार १७:४१:००
Read Time : < 1 मिनेट
समाचार

पाँच लाख रूपैयाँ चोरी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ६ सोमबार १७:४१:००

सामाखुसीस्थित बिगमार्ट सुपर मार्केटबाट नगद र रिचार्ज गरी पाँच लाख रुपैयाँभन्दा बढी चोरी गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा रहेको शाश्वत ढकालको बिगमार्ट सुपर मार्केटबाट चोरी गर्ने मार्टमा कार्यरत विशाल गुरुङसहित तीन जना पक्राउ परेका हुन् । 

उनीहरुले मार्टबाट चार लाख ९९ हजार तीन सय ६१ रुपैयाँ नगद र २४ हजार एक सय रुपैयाँ नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी गरेका थिए । चोरी भएको भन्ने उजुरीपछि प्रहरीले मार्टमै कार्यरत विशालको संलग्नतामा चोरी भएको पत्ता लगाइ पक्राउ गरेको हो ।