मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ६ सोमबार १५:३१:००
Read Time : < 1 मिनेट
समाचार

बैदेशिक रोजगार मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछी पक्राउ

Read Time : < 1 मिनेट
२०७६ माघ ६ सोमबार १५:३१:००

बैदेशिक रोजगार मुद्दाका फरार प्रतिवादीलाई कास्की प्रहरीले करिब पाँच वर्षपछी पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ बस्ने दिलिपकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार के.सी.ले जानकारी दिए ।

श्रेष्ठलाई बेदेशिक रोजगार न्यायाधीकरणले २ चैत २०७१ मा बैदेशिक रोजगार मुद्दामा २ वर्ष कैद र २ लाख जरिवाना सजाय सुनाएकोमा उनी त्यसपछि फरार थिए । 

श्रेठलाई उनकै घरठेगानाबाट पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरी फैसला कार्यान्वयनका लागि कास्की कारागार पठाइएको समेत उनले जानकारी दिए ।