मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १२:१६:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल एयरलाइन्सका आन्तरिक टिकट अनलाइनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १२:१६:००

नेपाल वायुसेवा निगमका आन्तरिक उडानका टिकट अब अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । निगमले आइतबारदेखि अनलाइन टिकेटिङ प्रणाली प्रारम्भ गरेको हो ।

यसअघि साउन ०७४ मा अन्तर्राष्ट्रिय उडानतर्फ अनलाइन टिकेटिङ सुरु गरिएको थियो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यस प्रणालीको शुभारम्भ गरे । यससँगै अब आन्तरिक उडानमा पनि यात्रुले घरैमा बसी टिकट खरिद गर्न सक्नेछन् ।

कार्यक्रममा कार्यकारी अध्यक्ष खरेलले निगम क्रमशः सेवा विस्तारमा लागेको भन्दै ग्राहकलाई थप सुविधा दिने सन्दर्भमा आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ प्रणाली थालिएको बताए । साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोगमा निगम सक्रिय रहेको भन्दै सोहीअनुसार सेवा थपिएको बताए ।