Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ५ आइतबार १९:४६:००
Read Time : < 1 मिनेट
अर्थ

वायु सेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ५ आइतबार १९:४६:००

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन । खरेलले आईतवार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सचिवालयमा राजिनामा बुझाएका हुन । निगमलाई राम्रो व्यवस्थापकीय नेतृत्व दिन नसकेको भन्दै उनीमाथि राजिनामा दिन दबाब थियो । 

दुई साता अघि निगम संचालक समितिले उनीमाथि स्पष्टिकरण सोधेको थियो । संचालक समितिले खरेलले स्पष्टिकरण नदिएसम्म संचालक समितिको बैठक बस्न नसक्ने निर्णय समेत गरेपछि खरेल राजिनामा बाध्य जस्तै बनेका थिए । 

३१ भदौ २०७५ को मन्त्रिपरिषदको बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षका रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो । तत्कालिन समयमा निगमको महाप्रवन्धक रहेका सुगतरत्न कंसाकार र उनका बीचमा निगमलाई नेतृत्व दिने विषयमा द्धन्द समेत उत्पन्न भएको थियो ।

खरेल माथि निगमसंग रहेका एयरवसका वाईडबडी जहाजलाई सफलतापूर्वक विभिन्न गन्तब्यमा उडान गर्न नसकेको आरोप लाग्दै आएको छ ।