Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सुरञ्जन घिमिरे काठमाडाैं
२०७६ माघ ५ आइतबार १८:४९:००
Read Time : < 1 मिनेट
समाचार

को हुन् सभामुखमा अघि सारिएका सापकोटा ?

Read Time : < 1 मिनेट
सुरञ्जन घिमिरे काठमाडाैं
२०७६ माघ ५ आइतबार १८:४९:००

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठकले सभामुखमा स्थायी समिति सदस्य अग्नि सापकाेटालाई उम्मेद्वार बनाउने निर्णय गरेकाे छ । नेकपाले सभामुखका अघि सारेकाे सापकाेटा लाेकतन्त्रपछि सूचना तथा सञ्चार र वन मन्त्री भइसकेका अनुभवि राजनीतिज्ञ हुन् । सापकाेटा ०७४ सालमा भएको संसदीय चुनावमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र-१ बाट निर्वाचित भएका थिए ।

सिन्धुपाल्चोककाे चाैतारा ६ कुविण्डेमा ०१४ साल फागुनमा जन्मिएका सापकाेटा साविकको सिन्धुपाल्चोक क्षेत्र-२ बाट संविधानसभामा दुई पटक भारी मत ल्याएर विजयी भएका थिए ।०३५ सालबाट कम्युनिस्ट राजनीतिमा लागेका सापकोटाले पटक–पटक भूमिगत र जेल जीवनसमेत बिताएका छन् । समाजशास्त्रमा स्नातकोत्तर उनी जनयुद्ध सुरु भएपछि ०५२ सालबाट भूमिगत भएका थिए ।

०४८ सालमा संयुक्त जनमोर्चाबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका बेला उनी पराजित भएका थिए । ०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य चयन भएका उनी माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य भएका थिए ।