मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ५ आइतबार १६:४६:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय सभा निर्वाचनमा नेकपा–राजपालाई नेपाल संघीय समाजवादी पार्टीको साथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ५ आइतबार १६:४६:००

सत्तारुढ नेकपाले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि थप अर्काे एउटा राजनीतिक दलको समर्थन लिएको छ । प्रदेश–२ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)सँग तालमेल गरेको नेकपाले रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीको समर्थन लिएको हो । 

सर्लाहीका अन्सारी एमालेबाट अशोक राईसँगै बाहिरिएका पूर्व गृह राज्यमन्त्री हुन् । यद्यपी राई नेतृत्वको संघीय समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको मधेसी जन अधिकार फोरमसँग एकता हुँदा अन्सारी बाहिरिएर नेपाल संघीय समाजवादी पार्टी गठन गरेका थिए । आइतबार भएको सहमतिअनुसार प्रदेश–२ मा अन्सारी नेतृत्वको दलले नेकपाका महिलातर्फका उम्मेदवार तुलसाकुमारी दाहाल, दलिततर्फका उम्मेदवार राधेश्याम पासवानलाई मतदान गर्नेछ । 

यसैगरी, नेकपासँग तालमेल गरेको राजपाका ‘अन्य’तर्फका उम्मेदवारहरु मृगेन्द्रकुमार सिंह यादव, अल्पसंख्यकतर्फका उम्मेदवार शेखरकुमार सिंहको पक्षमा मतदान गरी सघाउने सहमति पनि सो दलले गरेको छ । तीन दलबीच आइतबार सो सहमति भएको हो । 

नेकपा महासचिव विष्णु पौडेल, राजपा संसदीय दलका नेता महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी र वरिष्ठ नेता अनन्त राईबीच सहमति भएको हो । नेकपा र राजपासँग नेपाल संघीय समाजवादी पार्टीले ‘आगामी दिनमा पनि राजनीतिक रुपमा सहकार्य र सहयोग आदान–प्रदान जारी रहने’ सहमति पनि तीन दलबीच भएको छ ।