मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ ५ आइतबार १६:२१:००
Read Time : < 1 मिनेट
सप्तरंग

मिस तामाङ पोखराको उपाधि शशिकलालाई                  

Read Time : < 1 मिनेट
२०७६ माघ ५ आइतबार १६:२१:००

मिस तामाङको उपाधि पोखरा महानगरपालिका ६ लेकसाईडकी शशिकला तामाङले जितेकी छन् ।

बैदाम तामाङ समाज पोखराले २८५६ औं सोनाम ल्होसारको अवसर पारेर पोखरामा शनिबार साँझ आयोजित प्रतियोगिताको फाइनलमा सहभागी १६ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै शशिकलाले ताज पहिरेकी हुन् ।
उनले नगद एक लाख, ट्रफी, प्रमाणपत्रसहित म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु पुरस्कार पाइन् । उपाधिसँगै उनले मिस ट्यालेण्टको सव टाइटल समेत हात पारिन् ।

सलिना तामाङले फस्र्ट रनरअप हुँदै नगद ५० हजार ट्रफी, प्रमाणपत्र पुरस्कारसँगै बेस्ट वाकको सव टाइटल समेत जितिन् । सेकेण्ड रनरअप हुँदै रेनु तामाङले नगद ३० हजार पुरस्कार पाइन् । उनले बेस्ट पर्फमरको सव टाइटलको उपाधि समेत जितिन् । यसै गरि ब्युटी विथ प्रपोजको सवटाईटल सहित भ्युवर्स च्वाइसको अवार्ड प्रिती वाइवा तामाङले पाइन् । अवार्डसँगै उनले नगद २० हजार पुरस्कार पाएकी छन् ।

प्रतियोगितामा बेस्ट हेयर अनिशा तामाङ, बेस्ट स्माइल विन्दु तामाङ, मिस फोटोजेनिक किस्मत तामाङ, बेस्ट स्किन सरस्वती तामाङ, मिस कल्चर कोमल तामाङ, मिस डिसिप्लिन सृजना ब्लोन तामाङ, मिस ग्रेसफुल सुजाता तामाङ, बेस्ट पर्सनालिटी सृजना घिसिङ तामाङ, मिस कन्फिडेण्ट आकृति तामाङ, मिस पंचुअल भुमिका तामाङ, मिस पपुलर मनिषा तामाङ, मिस अर्गनाइजर च्वाइस सुमिक्षा तामाङ र मिस फ्रेण्डलीको सव टाईटल स्वस्तिका तामाङले हात पारेका छन् ।

प्रतियोगिताको निर्णायकहरुमा नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा, वरिष्ठ सौन्दर्यविद चिनु गुरुङ, गीतकार तीर्थ तामाङ, मोडेल तथा कोरियोग्राफर विशाल गुरुङ, सुर्विन वान्तवा राई रहेका थिए ।