१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मल्लिका घिमिरे काठमाडाैं
२०७६ माघ ५ आइतबार १०:५७:००
Read Time : > 6 मिनेट
सेयर बजार

साढे ६ अर्वको कारोबार र ८ प्रतिशत नेप्सेवृद्धिले लगानीकर्ताको हौसला बढायो, आगामी साता पनि बढ्ने अपेक्षा

Read Time : > 6 मिनेट
मल्लिका घिमिरे काठमाडाैं
२०७६ माघ ५ आइतबार १०:५७:००

 नेप्से करिब आठ महिना यताकै उच्च विन्दुमा 
काठमाडौं, ४ माघ, नेप्से परिसूचक दुई सातामा १ सय ५८ दशमलव ६९ अंकले बढ्दा करिब आठ महिना उताकै उच्च विन्दुमा पुगेको छ । दुई सातामा नेप्से दूई दिन मात्र घटेको छ बाँकी  आठ दिन बढेको छ । सातामा नेप्से ९७ दशमलव १२ अंक तथा ८ प्रतिशत बढ्न पुगेको छ । गत साताको विहिवार १ हजार २ सय १३ दशमलव ११ विन्दुमा बन्द भएको बजार यस साताको विहिवार १ हजार ३ सय १० दशमलव २३ विन्दुमा बन्द भएको छ । 

पुस महिनामा १८९.७१ अंक बढ्यो नेप्से, बजारको लागि हरियालीको महिना 
पुस महिनामा मात्र नेप्से १ सय ८९ दशमलव ७१ अंकले वृद्धि भएको छ । २३ दिन कारोबार भएको पुसमा १४ दिन बढेको छभने ९ दिन मात्र घटेको छ । लगानीकर्ताहरु पुस महिना बजारको लागि हरियालीको महिना भएको बताउँछन् । गत वर्षहरुमा पुस मसान्तमा बजार घट्ने गरेको थियो । लगानीकर्ताहरुले बैंकबाट सेयर धितो राखि लिएको कर्जाको सावाँ व्याज बुझाउने महिना पुस परेकाले बजारमा नाफा बुक गर्नेहरु सक्रिय रहन्थे र बजार घट्ने गरेको थियो ।

बढेको बजारमा नाफा बुकिङ गरिहाल्ने प्रवृति हालैसम्म कायम भएपनि पुस मसान्तको प्रभाव भने यस महिनामा नपरेको देखिन्छ । लामो समयसम्म बजार एकै नासले घटिरहेकाले  कारोबार रकम समेत घटेर २० करोडमा सिमित भएको थियो । लामो समयसम्म घटेको बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्था बसेका थिए । बढेको बजार भए सेयर धितो राखि कर्जा लिनेहरु धेरुे हुनी थिए । घटेको बजार भएर लगानी कम भएपछि कर्जाको पनि त्यति खाचोँ नभएको कारण पुस मसान्त नलागेको बजारले देखाएको छ ।

पुसमा बजार बढ्नुको प्रमुख कारण

  •     बैंकहरुको व्याजदर घटेसँगै तरलता सहज हुनु
  •     स्टक डिलर आउने खवर
  •     अधिंकाशको लाभांश प्रस्ताव तथा पारित हुनु
  •     छोटो समयमानै नगद लाभांश खातामा आउनु
  •     बजार न्युन विन्दुमा पुगिसेकाले बढ्ने समय आउनु
  •     नेपाल धितोपत्र बोर्डले नँया अध्यक्ष पाउनु
  •     सुनको मुल्यमा वृद्धिसँगैसेयरमा लगानी बढ्नु
  •     बजार बारे अर्थमन्त्रीले सकारात्मक धारणा राख्नु

प्राविधिक विश्लेषणः पिभट र मैनबत्ती अनुसार बजार वुलिस ट्रेण्डमा 
सातामा भएको कारोबारबाट निकालिएको पिभट अुनसार आगामी दिनमा बजार बढ्ने सकेंत देखिन्छ । साताको उच्च, न्युन र बन्द विन्दुलाई लिएर निकालिएको पिभोटले बढ्ने संकेत गरेको हो ।  साताको उच्च, न्यून, बन्द बिन्दुको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार २ सय ७९ विन्दु हेको छ । साताको पिभट बिन्दुभन्दा बिहीबार बन्द भएको बिन्दुमाथि रहेको छ । यसले आगामी दिनमा बजार बढ्नेसंकेत गरेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार २ सय ४४ दशमलव ४२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने बजार उकालो लागे १ हजार ३ सय ४४ दशमलव ८२ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्ने देखिन्छ ।
साताको शूरु , उच्च, न्युन र बन्द विन्दुबाट निकालिएको मैनबत्ती चित्रले आगामी दिनमा बजार बढ्ने संकेत गरेको छ । यदि लगानीकर्ताहरु नाफा बुकिङमा सक्रिय भए बने बजार थोरै अंकले करेक्सन पनि हुन सक्छ ।  सातामा सेतो मैबनत्ती आकृती बनेको छ । 
पिभट 
तेस्रो प्रतिरोध   : 1445.22
दोस्रो प्रतिरोध   : 1445.22
पहिलो प्रतिरोध :  1344.82
पिभट बिन्दु :   1279.00
पहिलो टेवा   : 1244.42
दोस्रो टेवा  :  1178.60
तेस्रो टेवा 1144.02

सातामा १२ उपसमुह सकारात्मक, सेन्सेटिभ इण्डेक्समा ७ प्रतिशत वृद्धि
 गत साताको तुलनामा १२ समूहको परिसूचक ४ देखि २८ प्रतिशतसम्म बढेको छ । व्यापार समूहको सबैभन्दा बढी २८ दशमलव ७४ प्रतिशतले बढेको छ । सो समूहमा कारोबार हुने साल्ट ट्रेडिङको सेयर मुल्य बढेपछि सो समूहको परिसुचक बढ्न पुगेको हो । सबैभन्दा थोरै उत्पादनमुलक र अन्य समूहको ४ प्रतिशत बढेको छ । सबैभन्दा बढी पूँजीकरण भएको बैकिङको ७ दशमलव २२, होटलको ८ दशमलव ६७, विकास बैंकको ८ दशमलव १२, जलविद्युतको ८ दशमलव ४५, वित्तको १३ दशमलव ६६, लघुवित्तको २० दशमलव ८७, निर्जिवन बीमाको ११ दशमलव १३ , जिवन बीमाको १२ दशमलव २९ र म्युचुअल फण्डको ६ दशमलव शून्य १ प्रतिशत बढेको छ ।

 साथै, सातामा सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४ प्रतिशत,  फ्लोट इन्डेक्स २ दशमलव ९९ प्रतिशत र  सेन्सेटिभ फ्लोट इन्डेक्स ७ दशमलव ८२ प्रतिशत बढेको छ ।
सातामा साढे ६ अर्वको कारोबार अग्रस्थानमा एनआइसी एशिया साताको पाँच कारोबार दिनमा कुल ६ अर्ब ६७ करोड २० लाख रुपैया भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा ५७ दशमलव ८९ प्रतिशत बढेको छ ।सातामा १ सय ९२ कम्पनीको २ करोड ११ लाख ९७ हजार ४ सय ६८ कित्ता सेयर खरिद विक्री भएका छन् । साताको कारोबारमा एनआइसि एशिया बैक अग्रस्थाना परेको छ । बैंकको कुल २६ करोड ७६ लाख रुपैँया भन्दा बढीको सेयर कारोबार भएको हो । दोस्रोमा शिवम् सिमेण्टको २२ करोड ५३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

सेयरधनीहरुको बैंक खातामा ६९.५७ प्रतिशत नगद जम्मा
६ कम्पनीले शेयरधनीको बैंक खातामा ६९ दशमलव ५७ प्रतिशत नगद लाभांश जम्मा गरेका छन् । नेपाल बंकले १० प्रतिशत, आरएमडिसी लघुवित्तले १२ दशमलव ५, महुली लघुवित्त वित्तीय संस्थाले ११ दशमलव ५७, लुम्बिनी विकास बै.कले १५, एनएमबि बैंकले १४ र गुहेश्वरी मर्चण्ट बैंकले ६ दशमलव ५ प्रतिशत नगद लाभांश साधारण सभाबाट पारित गरी बैंक खातामा जम्मा गरेका हुन् । यि कम्पनीले वोनस सेयरमा लाग्ने कर कट्टा गरी बाँकी रहेको नगद जम्मा गरेका हुन् । 
यि कम्पनीहरुले सेयर डिम्याट भएका सेयरधनीहरुको हकमा नगद जम्मा गरेको जानकारी दिएका छन्। हालसम्म सेयर डिम्याट नगराएका सेयरधनीहरुको हकमा सेयर डिम्याट गराई बैंक खाता अद्यावधीक भएपछि मात्र जम्मा गर्ने सूचना दिएका छन् । 

गणपुरक संख्या नपुगेको आँखुखोला जलविद्युत्तको सभा माघ १४ मा
गत पुस २८ गते दुई आवको साधारण सभा बोलाएको आँखुखोला जलविद्युत कम्पनीको सभामा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो । कम्पनीले स्थगित भएको सभा पुन माघ १४ गते बोलाएको छ । कम्पनीले ११औं र १२औं वार्षिक सनधारण सभा सम्पन्न गर्न नक्साल बैंक्वेट, काठमाडौंमा सेयरधनी बोलाएको हो । कम्पनीको सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका विषयहरु पारित गर्न सभा बोलाएको छ । 

दोस्रो त्रैमासको विवरण फस्र्ट माइक्रोबाट सार्वजानिक शुरु, ६ महिनामा ६ करोड भन्दा बढी नाफा
चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमा फस्र्ट माइक्रोफाइनान्स पहिलो रहेको छ । कम्पनीले ६ महिनामा ६ करोड ६९ लाख भन्दा बढी नाफा कमाएको विवरण सार्वजानिक गरेको छ । कम्पनीले गत आवको सोही अवधीमा ५ करोड ६३ लाख रुपैयँँ भन्दा बढी नाफा गरेको थियो । 

 गत आवको नाफाबाट यस वर्ष सेयरधनीहरुलाई १७ प्रतिशत वोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ । वोनस वितरण अघि सो पुँजी ६८ करोड ४३ लाख रहेको थियो । कम्पनीको जगेडा कोष रकम रू. १७ करोड ४२ लाख ९४ हजार रहेको छ ।

कम्पनीको सञ्चालन मुनाफा गत वर्षको तुलनामा २० प्रतिशत वृद्धि भएर १० करोड ६० लाख २ हजार छ । खराब कर्जा नरहेको कम्पनीको निष्क्रिय कर्जा शून्य रहेको छ भने पूँजीकोष प्रयाप्तता १६ दशमलव ९२ प्रतिशत छ । प्रतिशेयर आम्दानी वार्षिक  १६ दशमलव ७२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ  १२१ दशमलव ७७ रहेको छ । 

शतप्रतिशत हकप्रदका लागि सिभिल लघुवित्तको निवेदन बोर्डमा
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले कायम चुक्तापूँजी  ११ करोड ४१ लाख १४ हजारको आधारमा शतप्रतिशत हकप्रद जारी गर्न निवदेन दिएको हो । कम्पनीले ११ लाख ४१ हजार १ सय ४० कित्ता बराबरको ११ करोड ४१ लाख १४ हजारको हकप्रद विक्री गर्नेछ । कम्पनीको २०७५ पुस २९ गते सम्पन्न भएकाले सभाले उक्त हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हकप्रदको विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले १० प्रतिशत लाभांश प्रस्ताव गरेपनि हालसम्म सभाको सूचना भने दिएको छैन । 

सानिमा र एनसिसिले ऋणपत्र जारी गर्ने बोर्डमा दिए निवेदन
नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासनको लागि सानिमा बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकले निवदेन दिएका छन् । नेपाल राष्ट्र बैंकले चुक्ता पँुजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गनुपर्ने व्यवस्था गरेअनुसार यि कम्पनीले निवेदन दिएका हुन् । 

सानिमा बैंकले  ४ अर्ब रुपैँया बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्ने लागेको हो ।  बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्नैछ । कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ । 

बैंकको ऋणपत्र विक्री गर्न विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटलले लिएको छ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८० करोड १३ लाख ८० हजार रहेको छ । 

त्यसैगरी, एनसिसि बैंकले एनसिसि ऋणपत्र १० वर्षे अवधीको लागि वार्षिक १० दशमलव ५ प्रतिशत व्याजदरमा विक्री गर्न निवेदन दिएको हो । बैंकले ३ अर्ब रुपैयाको ३० लाख कित्ता ऋणपत्रमा १२ लाख सर्वसाधारणमा र १८ लाख व्यक्तिगत तथा संघ संस्थालाई विक्री गर्नेछ । बैंकले ऋणपत्र विक्रीका लागि नविल इन्भेष्टमेण्ट बैकिङलाई विक्री प्रबन्धक तोकेको छ ।  

राष्ट्रिय वाणिज्यको १३ औं सभा माघ १४ गते
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १३ औं साधारण सभा माघ २४ गते बोलाएको छ । बैंकले कर सहित १२ प्रतिशत नगद लाभांश पारित गर्न सभा बोलाएको हो । साथै, सभाले गत आवको वित्तीय विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने तथा बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विषयहरु राखेको छ । सरकारी स्वामित्वमा रहेको यस बैंकले हालसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन ।

दुई इन्स्योरेन्सको हकप्रद आउदै, बोर्डले दियो अनुमति 
नेपाल धितोपत्र बोर्डले हकप्रद निष्कासन गर्नको लागि दुई इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको छ । एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्सयोरेन्सले ६० प्रतिशत हकप्रद निष्कासनको लागि अनुमति पाएका हुन् । एनएलजि इन्स्योरेन्सले १० बराबर ६ को अनुपातमा  ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद निष्कासन गर्नछ । कम्पनीले लक्ष्मी क्यापिटललाई विक्री प्रबन्धकको जिम्मा दिएको छ । त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १ सय २० कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले एनएमबि क्यापिटललाई विक्री प्रबन्धकको जिम्मा दिएको छ । 

आइपिओ निष्कासन गर्न बिन्धवासिनि हाइड्रपावरको निवेदन बोर्डमा
आइपिओ निष्कासन गर्न बिन्धवासिनि हाइड्रपावरले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २५ लाख कित्ता प्राथामिक सेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको जिम्मा दिएको छ । बोर्डबाट अनुमति पाएसँगै आइपिओ बजारमा आउनेछ ।