१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मञ्जु टेलर 
२०७६ माघ ५ आइतबार १०:२८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मेरुदण्डको शल्यक्रिया  यस्तो अवस्थामा 

Read Time : > 1 मिनेट
मञ्जु टेलर 
२०७६ माघ ५ आइतबार १०:२८:००

डा. गौरव ढकाल
स्पाइन सर्जन
राष्ट्रिय ट्रमा सेन्टर

हिजोआज वयस्कहरूमा ढाड तथा कम्मर दुख्ने समस्या बढ्दै गएको छ । अधिकांशले यसको उपचार गराउँदैनन् । व्यस्त जीवनशैली, बसाइको तरिका नमिल्दा, काम गर्दा ढाडमा असर, अत्यधिक तौल, मानसिक चिन्ता आदि विभिन्न कारणले गर्दा ढाड र गर्दनमा दुखाइ हुने गर्दछ । यसबाहेक चोटपटक, संक्रमण, हड्डीमा ट्युमर, क्षयरोगका कारण पनि स्पाइनमा समस्या आउँछ । 

सामान्यतया मेरुदण्डसम्बन्धी ९० प्रतिशत समस्या शल्यक्रियाविना नै सन्चो हुन्छ । नियमित व्यायाम, बस्दा वा काम गर्दा ढाडलाई असर नपर्ने गरी बस्ने, औषधिको सेवन र फिजियोथेरापीबाट ढाड वा गर्दन दुख्ने समस्याको उपचार गर्न सकिन्छ । नसा च्यापिएर हुने दुखाइको उपचारका लागि केही अवस्थामा शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ, तर बिरामीको अवस्था सामान्य भएसम्म फिजियोथेरापी, प्राकृतिक चिकित्सा, अक्युप्रेसर आदि पद्धतिबाट समेत उपचार गर्न सकिन्छ । 

शल्यक्रिया गर्नुपर्ने अवस्था
स्पाइनसम्बन्धी समस्याको करिब १० प्रतिशत बिरामीलाई मात्रै शल्यक्रियाको जरुरत पर्न सक्छ । मेरुदण्डमा हुने अत्यधिक दुखाइका कारण संक्रमण र ट्युमर हुन सक्ने भएकाले शल्यक्रिया आवश्यक पर्दछ । 

वयस्कहरूमा मेरुदण्ड बांगिने समस्या स्कोलोयोसिस र किफोसिस भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

ढाडमा चोटपटक लागेर हड्डीमा समस्या आएमा स्पाइनल सर्जरी आवश्यक हुन्छ । 

यसबाहेक विभिन्न कारणले नसा च्यापिएर प्यारालाइसिस हुने स्थिति आएमा चिकित्सकसँग सल्लाह गरेर तुरुन्त शल्यक्रिया गर्नुपर्छ ।

रोकथाम
मेरुदण्डमा समस्या आउँदा कुप्रिँदै जाने भएकाले मुटु, फोक्सो र छातीमा समेत असर पर्दछ । स्पाइनमा समस्या आउन नदिन समयमै यसबारे सचेत हुनु जरुरी हुन्छ । 

गर्दनलाई असर पर्ने गरी भारी सामान उठाउनु हुँदैन । यसले मेरुदण्डको हड्डीलाई असर गर्छ । 

दैनिक घोप्टो परेर सुत्दा मेरुदण्डलाई असर पर्दछ । पेटको बलले स्पाइन, गर्दन र जोर्नीमा दुखाइ उत्पन्न गराउँदछ । 

शरीरमा हुने क्याल्सियमको कमीबाट स्पाइनमा समस्या आउँछ । नियमित क्याल्सियमजन्य खाद्यपदार्थ सेवन गर्नुपर्छ ।

लामो समय फोन प्रयोग गर्ने मानिसमा समेत स्पाइनसम्बन्धी समस्या देखिन सक्छ । एकापट्टि निहुरिएर बस्दा मेरुदण्डको माथिल्लो भागमा दुखाइ उत्पन्न हुन्छ । 

धूम्रपानमा हुने निकोटिनले रक्तसञ्चारमा असर गर्दछ । त्यस्तै, धूम्रपानले मेरुदण्डमा समेत समस्या देखिने भएकाले धूम्रपान छोड्नुपर्छ ।