१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लक्ष्मण खनाल युएई
२०७६ माघ ३ शुक्रबार १९:३४:००
Read Time : < 1 मिनेट
प्रवास

अपडेटः अबुधावी बस दुर्घटना ३ नेपाली महिलाको मृत्यु, १४ घाइते 

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल युएई
२०७६ माघ ३ शुक्रबार १९:३४:००

बिहीबार अबुधावीमा भएको बस दुर्घटनामा तीन जना नेपाली महिलाको मृत्यु भएको छ । नेपाली राजदुतावास अबुधावीका श्रम काउन्सेलर भेषबहादुर कार्कीका अनुसार उक्त बस दुर्घटनामा परी बारा घर भएकी अमिसा मोक्तान तामाङ्ग (राहदानी नं. ९६७८४७५) झापा घर भएकी कृष्ण कुमारी अधिकारीको (राहदानी नं. ८५७२३९४) र प्युठान घर भएकी भावना कुँवर (राहदानी नं. ७२०१८१९) को मृत्यु भएको हो । 

कार्कीका अनुसार उक्त बसमा १७ जना नेपाली रहेका थिए । दुर्घटना पश्चात उनीहरुलाई अबुधावीमा रहेका विभिन्न ३ वटा हस्पिटलमा उपचार गराइरहेको छ । उनीहरु युएईमा रहेको एमविएम क्लिनिङ्ग कम्पनीमा कार्यरत थिए ।

घटनाको सुचना पाएपछि नेपाली दुतावासका राजदुत कृष्ण प्रसाद ढकाल, प्रथम सचिव रिता धमला, श्रम काउन्सेलर भेषबहादुार कार्कीलगायतले ३ वटै अस्पतालमा पुगेर नेपालीको अवस्थाको बारेमा जानकारी लिएका थिए । कार्कीका अनुसार घाइतेहरुमध्ये पाँच जनाको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, खुदुनावारी झापाकी मुना राना, दाङ घोराहीकी आशा घर्ती मगर र ठेगाना नखुलेको सुजला विश्वकर्मा । माफ्राक अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा भने सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनी फर्किएकी हुन् ।

त्यसैगरी, अबुधावीमा रहेको एनएमसी अस्पतालमा सिन्धुपाल्चोककी माया तामाङ, सिन्धुपाल्चोककी सरिता थापा, झापाकी तुलसा थापा, पृथ्वीनगर झापाकी पवित्रा तामाङ्ग तथा ईलामकी सिता सुब्बाको उपचार भइरहेको छ । अर्को अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना थिंङ, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरान घर र सिनामंगल काठमाण्डौ माइत भएकी वर्षा विश्वकर्मा उपचार गरिरहेको कार्कीले नयाँ पत्रिकालाई बताए । उक्त दुर्घटनामा नेपाली र अन्य देशका नागरिक गरी ६ जनाको मृत्यु भएको थियाे ।