१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ३ शुक्रबार १९:२३:००
Read Time : > 1 मिनेट
समाचार

रहेनन् विश्वका होचा व्यक्ति खगेन्द्र थापा

Read Time : > 1 मिनेट
२०७६ माघ ३ शुक्रबार १९:२३:००

होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको उपचारको क्रममा शुक्रवार पोखरामा निधन भएको छ । २८ असोज २०६७ मा होचो व्यक्तिका रुपमा विश्व कीर्तिमान राख्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका उनको रेकर्ड करिव आठ महिनासम्म रहेको थियो । गिनिज बुक अफ दी वल्र्डको टोलीले पोखरामा आएरै खगेन्द्रलाई विश्वकै होचा ब्यतिm भएको प्रमाण पत्र प्रदान गरेका थिए । 

सामान्य अवस्थामा रहेका थापाको स्वास्थ्यमा समस्या आएसगै बिहीवार उनलाई अस्पताल लगिएकोमा सघन उपचारकक्ष(आइसियु) भर्ना गरि उनको उपचार भईरहेको थियो । उपचारको क्रममा पोखरा फुलवारीस्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए । बाग्लुङ धुल्लुवासकोट ६ घर भएका मगर पोखराको सृजनाचोकमा बस्दै आएका थिए । 

उपचारको क्रममा शुक्रवार दिउँसो करिव ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चिकित्सकका अनुसार उनलाई निमोनिया भएको थियो । उनमा श्वासप्रश्साव, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी लगायतका समस्या पहिलेदेखि नै देखिंदै आएको थियो । 

उनको उचाई ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च रहेको थियो । बाबु रुपबहादुर थापामगर र आमा धनमाया थापामगरको कोखबाट २८ असोज २०४९  जन्मेका उनको तौल ६ सय ग्राम मात्र रहेको थियो । विश्व कीर्तिमान राख्ने समय उनको वजन ५.५ किलोमात्र रहेको थियो । उनले १८ वर्ष पुगेपछि मात्र कीर्तिमानीको प्रमाण पत्र प्राप्त गरेका थिए । बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट उनले बंशजको आधारमा नेपाली नगारिकताको प्रमाणपत्र लिएका थिए ।

विश्व कीर्तिमानका लागि १८ वर्ष उमेर पुग्नै पर्ने नियम रहेको छ । खगेन्द्र भन्दा होचा फिल्पिन्सका जुन्री वालविङले १८ बर्ष पुरा भएपछि १८ जेठ २०६८ मा गिनिज बुकमा आफ्नो नाम विश्वकै होचा मानिसको रुपमा लेखाएसगै खगेन्द्रको कीर्तिमानी भंग भएको थियो ।