मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भोजराज भण्डारी काठमाडौं
२०७६ माघ ३ शुक्रबार १९:०७:००
Read Time : > 3 मिनेट
समाचार

राजधानीका सडकमा ट्राफिक बत्ती : कहिले बल्ने, कहिले बल्दै नबल्ने

Read Time : > 3 मिनेट
भोजराज भण्डारी काठमाडौं
२०७६ माघ ३ शुक्रबार १९:०७:००

यतिबेला काठमाडौंका केही मुख्य–मुख्य चोकमा ट्राफिक बत्ती बलेका देखिन्छन् । निकै लामो समयसम्म ट्राफिकको हात हल्लाईका आधारमा चोक पार गरेका चालकलाई हिजोआज बल्न थालेको वत्तिबारे थाहा नहुँदा ट्राफिक नियम नमानेको भनि कारवाहीमा समेत पर्ने गरेका छन् । 

काठमाडौं उपत्यकमा ट्राफिक  बत्ती बल्ने विग्रिनेको ठेगान हुदैन । केही महिना बत्ती सञ्चालनमा  आए पनि बर्षौसम्म सञ्चालनमा नआउने नियती  बन्दै आएको  थियो । तर, यसपटक भने ट्राफिक बत्ती लामो समयसम्म बल्ने र विग्रिइहाले पनि पूनः सञ्चालनमा ल्याउन सकिने संकेत सडक विभाग र ट्राफिक प्रहरी महाशाखाले देखाएको छ ।

यस कारण बल्यो ट्राफिक बत्ती
काठमाडौं ट्राफिक बत्ती नबलेको बषौं भएको थियो । जसले ट्राफिक प्रहरीलाई सवारीसाधन र पैदलयात्रीलाई व्यवस्थापन गर्न निकै सकस भएको थियोे । सडकमा पुराना बत्तीहरू विग्रिएर बसेको थिए । आमसर्वधारणले ट्राफिक बत्ती बाल्नका लागि प्रहरीलाई दबाब दिंदै आएका थिए । यसैबीचमा पुसको दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले काठमाडौं मुख्य–मुख्य चोकमा बत्ती बाल्नका लागि  सडक विभाग र ट्राफिक प्रहरीसँग समन्य गरेर विग्रिएका बत्ती बनाउने र केहीमा नयाँ ट्राफिक बत्ती थप्नका लागि निर्देशन समेत गरेपछि विभागले विग्रिएका बत्ती बनाउन थाल्यो । मन्त्रिपरिषद् विकास तथा पूर्वाधार शाखाले पुस महिना भित्रमा बत्ती बालि सक्न मिति नै तोकेर निर्देशन दिएपछि सडक विभाग र ट्राफिक प्रहरी महाशाखालाई निर्देशन पुरा गर्न दबाब परेको नतिजा स्वरुप वर्षाैदेखि ट्राफिक लाईटको मुख देख्न नपाएका चालक र यात्रुले यसको अनुभुति गर्न पाएका हुन । 

मुख्य सडकहरूमा ट्राफिक बत्ती भएपनि उपत्यकाका अधिकांश भित्रि सडकहरूमा भने बत्तीे नगन्य मात्रा रहेको ट्राफिक प्रहरीका प्रवक्ता जीवनवहादुर श्रेष्ठले बताए । मुख्यचोकमा ट्राफिक बत्ती सञ्चालनमा आएको भए पनि सानाचोकहरूमा पनि वत्ती जडान गर्न आवश्यक रहेको उनी बताउँछन् । ‘सबैभन्दा जाम साना चोकहरूमा हुन्छ दु्र्घटना पनि बढी हुने हुदाँ त्यस्ता स्थानमा पनि ट्राफिक बत्ती आवश्यक छ ।’ श्रेष्ठले भने । 

दैनिक ट्राफिक बत्तीको प्रयोग गरेमा सवारी चालक  र पैदल यात्रीलाई ‘सिस्टममा’ ल्याउनका लागि  सहज हुने उनको भनाई छ । ‘अहिले ट्राफिक बत्ती केही ठाउँमा संचालनमा आएको भएपनि सवारी तथा पदैलयात्रीलाई ‘सिस्टममा’ ल्याउनका लागि निकै सकस भएको श्रेष्ठले बताए । ‘एक महिना सञ्चालनमा आउँछ फेरि विग्रिएर महिनौं सञ्चालनमा आउदैन जसले दुर्घटनाको जोखिम बढाउका साथै सवारीसाधन र पैदलयात्रीका साथै स्वयं ट्राफिकलाई समेत असर गरेको छ,’ श्रेष्ठले भने ।

सडक विभाग भने ट्राफिक बत्तीको लागि काम गरिरहेको र केही महिनादेखि राजधानीका अधिकांश ठाउँमा वत्ती जडान गरेर सञ्चालनमा ल्याइएको सडक विभाग ट्राफिक इन्जिनियर महाशाखाकी प्रमुख बन्दना आचार्यले बताइन् । हाल अधिकांश ठाउँमा विग्रिएको ट्राफिक बत्तीहरूलाई मर्मत गरि संचालनमा ल्याई सकेको र भित्रि सडकहरुमा पनि सडानको तयारी रहेको उनले बताईन । भित्री सडकहरूमा ट्राफिक बत्ती नभएकै कारणले पैदल यात्रु सवारी गुडिरहेको बेलामा बाटो काट्ने र जाम कारण घण्टौंसम्म सवारी अस्तव्यस्त हुने हँदा त्यसको असर उपत्यका भित्रका अधिकांश सडकमा पर्ने गरेको उनले ब र त्यसकाृ असर राजधानीका सबै क्षेत्रमा पर्ने गरेको ट्राफिक प्रहरीका प्रवक्ता जीवनवहादुर श्रेष्ठले बताए । 

जापान सरकारको आर्थिक सहयोगमा सडक विभागले २०६७ सालमा उपत्यकाका २० वटा मुख्य चोकहरूमा ट्राफिक वत्ती जडान गरेको थियो । जडान गरिएको केही बर्षमै बत्ती विग्रिएर पछि जाईकाले आफ्नै प्राविधिक टोलीले मर्मत गरेको थियो । त्यसपछि विग्रिएको बत्ती प्रयोगमा आउन सकेको थिएन ।

अहिले भने नेपालकै प्राविधिक टोलिको प्रयोग गरि ट्राफिक बत्ती मर्मत गरेर सञ्चालनमा ल्याइएको आचार्यले बताइन् । ‘हामीले नयाँ बत्ती ल्याउनका लागि पनि पहल गरिरहेका छौं र भित्री सडकहरूमा जडान गर्ने तयारीमा छौं केही महिनामा राजधानीका अधिकांश ठाउँमा ट्राफिक बत्ती सञ्चालनमा आउँछ ।’
ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यका भित्र मात्र करिब एक हजार तीन सय ट्राफिक प्रहरी कार्यरत छन् । उपत्यकामा मात्रै दैनिक १२ लाख यातायात चल्ने गर्दछ । महाशाखाका अनुसार हाल काठमाडौं उपत्यका मुख्य एउटै चोकमा ७ जनासम्म ट्राफिक प्रहरी परिचालित हुने गरेका छन् । आधुनिक प्रविधियुक्त ट्राफिक बत्तीहरू सञ्चालनमा ल्याउन सके सवारी जाम न्यूनिकरण गर्न र दुर्घटना न्युनिकरण गर्न सकिने श्रेष्ठ बताउँछन् ।

हाल काठमाडौं उपत्यकामा करिब ५० लाखभन्दा बढी मानिसको बसोबास गर्ने सरकारी तथ्याङ्क छ । राजधानीमा बढ्दो जनसंखया संगै सवारीसाधनको संख्या पनि बढ्दो छ । 
ट्राफिक प्रहरीका अनुसार, बागमती अञ्चलमा मात्रै १५ लाख सवारीसाधन दर्ता छन् । तीमध्ये कतिपय काम नलाग्ने अवस्थामा पुगेर थन्किएका होलान् तर अन्य शहरबाट राजधानी आउने सवारीको चाप पनि उत्तिकै रहेकोले यहाँ दैनिक १५ देखि १६ लाखभन्दा सवारीसाधन चल्ने सहजै अनुमान गर्न सकिन्छ ।

खोइ ट्राफिक बत्तीको ब्यवस्थापन ?
ट्राफिक बत्ती भएर पनि व्यवस्थापन फितलो हुदाँ सवारी व्यवस्थापन झन् जटिल बन्न पुगेकोे ट्राफिक इन्जिनियर आषिश गजुरेल बताउँछन् ।
सवारीको संख्या बढ्दो गति रहेको तर अधिकांशलाई ट्राफिक बत्तीको बारेमा चेतना नभएर पनि व्यवस्थापनमा चुनौति थपिएको गजुरेलको भनाई छ । ‘नियमित रूपमा पालना हुनुपर्छ, शिक्षा तालिमको व्यवस्था हुनुपर्छ तर अहिले ट्राफिक बत्ती नै एक महिना बलेको जस्तो देखिन्छ अर्काे महिना हुदैन यस्ताखालको प्रणालीले झन समस्या निम्त्याउँछ ।’ 

विहानको अफिसको समयमा सवारीको चाप बढी हुन्छ, बेलुका समयमा पनि चाप हुन्छ  सवारीको चापको क्षमताको आधारमा ट्राफिक लाइटको व्यवस्थापन मिलाउन ुपर्ने गजुरेलको सुझाव छ । ‘यो एकैपटक समाधान हुने विषय होईन, यसलाइ अभ्यास गर्दै लैजानुपर्ने कुरा हो, क्रमशः सिस्टममा आउँछ तर ट्राफिक लाईटको प्रयोगको नियमित अभ्यास छैन, त्यसैले समस्या समाधान हुन नसकेको हो ।’