१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रमेश दवाडी काठमाडौँ
२०७६ माघ ३ शुक्रबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार

एमसीसीमा प्रम ओलीलाई प्रमुख प्रतिपक्षको साथ

Read Time : < 1 मिनेट
रमेश दवाडी काठमाडौँ
२०७६ माघ ३ शुक्रबार १६:३५:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा अझ दह्रोसँग उभिएको छ । सभापति शेरबहादुर देउवाले नै एमसीसीबारे गलत सन्देश फैलिएको बताउँदै पार्टीपंक्ति यस विषयमा सतर्क र सचेत हुनुपर्ने बताएका छन् । 

एमसीसीका बारेमा सत्तारुढ नेकपाभित्र विवाद बढिरहेका बेला प्रमुख कांग्रेसले त्यसका पक्षमा आफ्नो अडान दोहोर्याएको हो । 

देउवाको अडान, रिजालको व्याख्या

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको कार्यालयमा एमसीसीबारे गलत सन्देश फैलाइएको भन्दै सभापति देउवाले पार्टीका नेताहरुलाई सतर्क रहन आग्रह गरे । उनले ‘नेपाली कांग्रेस एमसीसीको विपक्षमा रहेको भ्रम फैलाइएको’ बताउँदै यसप्रति सचेत रहन भने । उनको भनाइ थियो, ‘नेपाली कांग्रेस एमसीसीकै पक्षमा छ ।’ 

सभापति देउवाले प्रस्तुत गरेका एमसीसी एजेण्डामाथि केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले ब्याख्या गरेका थिए । एमसीसी नेपालको समृद्धिका लागि भएको बताउँदै रिजालले यसबारे दोधारमा पर्नुको आवश्यकता नरहेको बताएका थिए ।

एमसीसीको पक्षमा कांग्रेसले दोहोर्याएको अडानले यसलाई संसदबाट पारित गराउन प्रम ओलीलाई थप सहज हुनसक्छ ।

सभामुख चयनमा जोड

बैठकले प्रतिनिधिसभाको बैठक सुरु गराउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ । नेपालको संविधानले सभामुख उपसभामुख फरक–फरक पार्टी र लिङ्गको हुनुपर्ने संविधानको मूल मर्मअनुसार नै सभामुखको चयन हुनपर्ने निर्णय गरेको छ । सभामुख चयन बिलम्ब भएको भन्दै बैठकले छिटो टुंग्याउनु पर्नेमा जोड दिएको छ । 

९ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसलाई सघाउन सबै दललाइ आह्वान गरेको छ । बैठकमा सभापति देउवा, प्रकाशमान सिंहलगायतका नेताहरू उपस्थित थिए ।