१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ ३ शुक्रबार १६:१७:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव समुहलाई चन्दा नदिन सिडिओको सुझाव

Read Time : < 1 मिनेट
२०७६ माघ ३ शुक्रबार १६:१७:००

नेत्रविक्रम चन्द 'विप्लव' समुहलाई चन्दा नदिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) दुर्गा बञ्चाडेले जनप्रतिनिधिलाई सुझाव दिएकी छन् । तिला गाउँपालिकाले आयोजना गरेको छाउपडी प्रथासम्बन्धी अन्तक्रिया र नागरिक सुनुवाई कार्यक्रममा जुम्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई उनले यस्तो सुझाव दिएकी हुन् ।

'विप्लवको समुह एक अपराधिक संगठन हो,' उनले भनिन्, 'त्यो समुहलाई सरकारले प्रतिबन्धित गरेको छ । राज्यले अपराधी घोषणा गरेको समुहलाई चन्दा दिन आवश्यक छैन ।' गृहमन्त्रालयले प्रशासन कार्यालयलाई कुनै पनि नाममा रकम नदिन निर्देशित गरेको उनले बताइन् । विप्लव समुहलाई चन्दा रकम दिएको पाएमा आर्थिक हिनामिना हुने भएकाले कठोर कानुनी कारवाही अपनाइने समेत उनले चेतवानी दिइन् ।

यसैबीच महिनावारी भएको अवस्थामा कोही छुइगोठमा बसेमा र कसैलाई छुइगोठमा बस्न बाध्य पार्नेलाई पनि कानुनी कारवाही गरिने उनले बताइन् । तिला गाउँपालिका कार्यबहाक अध्यक्ष विष्णु बुढाले छाउपडी प्रथाविरुद्ध पहिलो चरणमा यहाँका महिला तथा जेष्ठ नागरिक, धामी झाँक्रीलाई सचेतीकरण गर्ने गरिएको बताइन् ।

उनले भनिन्, 'अहिले स्थानीय तहमा प्रहरीको समन्वयमा छुइगोठ पहिचान गरिरहेका छौँ । सचेतीकरण र छाउगोठ पहिचानको काम सँगसँगै गर्दै आएको छौँ ।'