मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १२:१२:००
Read Time : < 1 मिनेट
अर्थ

हिमालयन बैंक र चिरायु अस्पतालबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १२:१२:००

हिमालयन बैंक लिमिटेड र वसुन्धराको चिरायु अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरूमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र चिरायु अस्पतालका सञ्चालक चण्डेश्वरा नन्दराज वैद्यले हस्ताक्षर गरेका थिए । 

सम्झौताअनुसार चिरायु अस्पतालले हिमालयन बैंकद्वारा जारी भएका विभिन्न ब्रान्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने जनाइएको छ ।

हिमालयन बैंक र चिरायु अस्पतालबीच भएको उक्त सम्झौताले दुवै संस्थाका ग्राहकलाई सुविधा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।