मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ३ शुक्रबार ०८:३२:००
Read Time : < 1 मिनेट
अर्थ

प्राधिकरणको समितिमा वायुुसेवा कम्पनीका प्रतिनिधि हटाइए

Read Time : < 1 मिनेट
२०७६ माघ ३ शुक्रबार ०८:३२:००

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा वायुसेवा कम्पनीका प्रतिनिधि नराखिने निर्णय मन्त्रिपरिषद्ले पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सञ्चालक समितिमा वायुसेवा कम्पनीका प्रतिनिधि राख्ने प्रावधानको खारेजीका लागि मन्त्रिपरिषद्मा पठाएका थिए ।  

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्राधिकरण ऐनमा भएको ‘वायुसेवा सञ्‍चालन गर्ने संस्थाका सञ्‍चालकमध्येबाट दुईजना सदस्य राख्ने’ प्रावधान हटाउने निर्णय गरेको हो । यो प्रावधान खारेजीसँगै प्राधिकरणको सञ्चालक समितिबाट नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेल र हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ हटाइएका छन् । 

 ट्रेड युनियनसँग विवाद मिल्यो 
पर्यटन मन्त्रालयले प्राधिकरण टुक्र्याउने गरी बनेको नयाँ विधेयक तीन साताअघि मन्त्रिपरिषद्मा पठाएको थियो । प्राधिकरण टुक्र्याउने विषयमा भने कर्मचारीहरूले विरोध जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । तर, मन्त्री भट्टराईको रोहबरमा मंगलबार नागरिक उड्डयन प्राधिकरणको आधिकारिक कर्मचारी ट्रेड युनियनका प्रतिनिधिसहित भएको छलफलमा आन्दोलनका कार्यक्रम फिर्ता गर्ने सहमति भएको छ ।