१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २ बिहीबार १४:५१:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिका–चीनबीच व्यापारिक तनाव कम गर्न सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २ बिहीबार १४:५१:००

विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्र अमेरिका र चीनबीच दुई वर्षदेखि चर्किएको व्यापारिक तनाव कम हुने भएको छ । बिहीबार दुई देशबीच पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै तनाव कम हुने भएको हो ।

सम्झौतामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका उपप्रधानमन्त्री लिउ हेले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै व्यापार युद्ध कम हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यो सम्झौतालाई ‘महत्वपूर्ण’ भनेर टिप्पणी गरेका छन् ।

दुई देशबीच सम्बन्ध सुधार्न यस हस्ताक्षरले सहयोग पुर्‍याउने अपेक्षा चीनले गरेको छ । चिनियाँ नेतृत्वले यसलाई ‘सबैको जित हुने’ सम्झौता भएको प्रतिक्रिया दिएको छ । यसअघि विभिन्न चरणमा भएका वार्ताहरु निष्कर्षमा पुग्न सकेका थिएनन् ।

दुई देशबीचकाे सहमतिमा चीनले अमेरिकाबाट गरिने आयात बढाउने र बौद्धिक सम्पत्ति अधिकारका नियममा कडाइ गर्नेछ भने अमेरिकाले चिनियाँ उत्पादनमा लगाएको कर घटाउने छ । यीबाहेक अन्य केही व्यापारिक विषयहरु कायमै रहेका छन् । जसले दुई देशबीच थप वार्ता हुनुपर्ने माग व्यापारिक समूहले गरिरहेका छन् ।

चीनले अमेरिकी वस्तुको निर्यात सन् २०१७ मा किनेको भन्दा बढी २ सय अर्ब डलरसम्म पुर्‍याउने छ । त्यसमा ७८ अर्बको औद्योगिक उत्पादन, ३२ अर्बको कृषि सामाग्री, ५४ अर्बको उर्जा र ३८ अर्ब डलरको सेवा अमेरिकाबाट आयात गर्ने प्रतिबद्धता जनाएको छ । 

अमेरिकाले करिब ३६० अर्ब अमेरिकी डलरको चिनियाँ उत्पादनमा २५ प्रतिशतसम्म कर कायम राख्नेछ । अमेरिका र चीनबीच सन् २०१८ देखि व्यापारिक टकराव बढिरहेको थियो । जसमा कर र भन्सार शुल्क बढाउने, सामान आयात-निर्यात रोक्ने काम भइरहेको थियो । एजेन्सी