१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २ बिहीबार १४:०९:००
Read Time : < 1 मिनेट
समाचार

भूकम्पबाट जोगिन सेनाद्वारा सन्देशमुलक प्रदर्शन

Read Time : < 1 मिनेट
२०७६ माघ २ बिहीबार १४:०९:००

काभ्रे जिल्लाको धुलिखलस्थित सरस्वती बजारको सडकमा विहिबार मानिसहरूको भिड लागेको थियो । स्थानीयहरूसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीहरूको बाक्लो भिड देखिन्थ्यो । भिडको एक छेउमा नेपाली सेनाको गाडि खडा थियो । 

त्यही बेला केही मानिसहरु भूकम्प आयो भूकम्प आयो भन्दै कराउँदै थिए । केही मानिसहरु बजारकै एउटा घरको भित्र थुनिएका र बचाउ बचाउ भन्दै कराउँदै थिए । मानिसहरूको भिड र आवाजले गर्दा त्यहाँ केही ठुलै घटना भएको संकेत गरिरहेको थियो । 

त्यही क्रममा घरको तिन तल्ला माथी झ्यालबाट डोरीको सहायताले एक जना घाईतेलाइ तल सडकमा झारियो । त्यसैगरी अर्काे व्यक्ति पनि त्यही डोरीको सहायताले तल झा¥यो । उक्त दुई जना घाईतेलाई सडक पेटीमै राखी प्राथमिक उपचार गरियो । प्राथमिक उपचार सडकमा नै गरेपछि बाँकी उपचारका लागि घाइतेलाई सेनाको गाडिमा राखेर अस्पतालतर्फ लगियो । 
यो दृश्य हेर्दा साच्चै भूकम्पले दुर्घटना भएका घाईतेलाई उद्धार गरेको जस्तो लाग्थ्यो तर यो दृश्य अभ्यास र सन्देशका लागि गरिएको मात्र थियो । धुलिखेलस्थित बिष्णु दल गणले २२ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प पश्चात घाईतेलाई कसरी उद्धार गर्ने भन्नेबारे सेनाले प्रदर्शन गरेको थियो । सेनाले देखाएको प्रदर्शनमा भूकम्प आएको वेलामा कसरी सुरक्षित हुन सकिन्छ भन्ने सूचनामुलक जानकारी प्रदर्शन गरिएको थियो । सेनाले भूकम्प पश्चात घर भित्र र घरको तल्ला माथीबाट कसरी उद्धार गर्ने भन्नेबारेमा पनि प्रदर्शनी गरेका थिए ।

२२ औं भूकम्प सुरक्षा दिवसको अवसरमा बिहिबार काभ्रे जिल्लाको धुलिखेलमा प्रभातफेरी कार्यक्रम गरियो । जिल्ला विपद् ब्यवस्थापन समिति काभ्रेको आयोजनामा विभिन्न सरकारी कार्यालय र सरोकारवाला निकायहरुको सहभागितामा सो दिवस मनाईएको हो ।