मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
२०७६ माघ १ बुधबार १७:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपालाई सकस भए सभामुख चयन गर्न कांग्रेस तयार छ : सभापति देउवा 

Read Time : < 1 मिनेट
२०७६ माघ १ बुधबार १७:३१:००

कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपालाई सकस भए आफ्नो पार्टी सभामुख छनोट गर्न तयार रहेको बताएका छन् । 

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले संसदलाई कसैले पनि बन्धक बनाउन नपाउने भन्दै सभामुख चाँडो चयन गरेर संसद सञ्चालन गराउन सरकासँग माग गरे । उनले भने ‘उहाँहरु मिल्न सक्नुहुन्न भने हामीलाई दिए हुन्छ, हामी सभामुख बनाएर संसद चलाइदिन्छौ  ।’   

पुर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले  अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ एमसीसीलाई चाँडै संसदबाट अनुमोदन गरी कार्यान्यनमा ल्याउनुपर्ने बताए । एमसीसी अन्य केही नभएर विकासको लागि अमेरिकी सहयोग भएकाले संसदबाट सहज रुपमा अनुमोदन गर्नु पर्ने उनको तर्क थियो । 

उनले पार्टीको १४ औं महाधिवेशन कुनै पनि हालतमा नसर्ने र तोकिएको मितिमै सम्पन्न गर्न असन्तुष्ट पक्षसँग छलफल भइरहेको बताए ।