१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १ बुधबार ०९:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

कर्णाली सरकारले लगानी सम्मेलन गर्न सकेन

Read Time : < 1 मिनेट
२०७६ माघ १ बुधबार ०९:१६:००

पुस मसान्तभित्र लगानी सम्मेलन गरी कर्णालीमा लगानी आकर्षण गर्ने योजना सफल नहुँदा प्रदेश सरकारको आलोचना सुरु भएको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशमा लगानी आकर्षित गर्न पुस मसान्तभित्र लगानी सम्मेलन गर्ने गरी योजना बनाए पनि कार्यान्वयन गर्न नसकेपछि सरकारको आलोचना सुरु भएको हो । यता सरकारले भने कर्णाली योजना आयोगले योजना बैंक तयारी गर्न ढिलाइ गरेका कारण लगानी सम्मेलन गर्न नसकिएको जनाएको छ । 

परियोजना बैंक विनालगानी सम्मेलनको औचित्य नहुने र योजना आयोगले परियोजना बैंक तयार गर्न ढिलाइ गरेकोले लगानी सम्मेलन गर्न नसकिएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘योजना आयोगले परियोजना बैंक बनाउँदै छ,’ उनले भने, ‘उक्त परियोजना बैंक फाइनल गरे पनि लगानी सम्मेलन गर्न सरकार प्रतिबद्ध छ ।’