मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष २९ मंगलबार १७:३२:००
Read Time : < 1 मिनेट
समाचार

गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस र लोकसेवा तयारी कक्षा चलाउने

Read Time : < 1 मिनेट
२०७६ पौष २९ मंगलबार १७:३२:००

जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत एमबिबिएस स्तरको डाक्टर पढाउने भएको छ । जुम्लाका आठ वटा स्थानीय तहमध्ये पातारासी गाउँपालिकाले यस्तो उदाहरणीय कामको योजना तर्जुमा गरेको हो ।

त्यसैगरी बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी फरेस्ट्री, कृषिलगायत स्नातक तहका प्राविधिक धारतर्फको अध्ययनका लागि उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।

‘यहाँको साक्षरता प्रतिशत ४५ मात्र छ, यसलाई बढाउन गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको हो’, उनले भने, ‘यहाँ साक्षरता प्रतिशत कम र निरक्षर बढी भएकाले कुसंस्कार बढी हुने गर्छ । यही रोकथाम गर्न पनि यस्ता खाले कार्यक्रम ल्याइएको हो ।’

चालु आर्थिक वर्षमा उच्चशिक्षा छात्रवृद्धिका लागि पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि ३ लाख बजेट गरी जम्मा ८ लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।
त्यसैगरी शाखा अधिकृत, नायब सुब्वा र खरिदारको पदको तयरी कक्षा पनि सञ्चालनमा रहेको उनले प्रस्ट पारे ।

उच्चशिक्षा छात्रवृत्ति अध्ययनका लागि गाउँपालिकाभरिका इच्छुक विद्यार्थीहरूबाट आवेदन संकलनको काम भइरहेको बुढ्थापाले जनाए ।

बिडिएसमा एक जना र अन्य गरी १० जनाको आवेदन आएको पनि उनले जानकारी दिए । गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमको कार्यविधि नै बनाएर काम सुरु गरेको गरिसकेको छ ।