मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २९ मंगलबार १७:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

शिवमायालाई सभामुख बनाउन कांग्रेस नेतृहरूको एकैस्वर

Read Time : < 1 मिनेट
२०७६ पौष २९ मंगलबार १७:१८:००

उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजीनामा दिएर सभामुखका लागि मार्ग प्रशस्त गर्न निर्देशन दियो ।

पार्टी सचिवालयको निर्णय अस्वीकार गरेकी तुम्बाहाङ्फेले सभामुखको दाबी गर्दै आएकी छन् । उनको अडानलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेतृहरूले स्वभाविक रूपमा लिएका छन् । 

मंगलबार नयाँ पत्रिकासँग कुरा गर्दै कांग्रेसकी कोषाध्यक्ष तथा सांसद् सीतादेवी यादवले शिवामायालाई नै सभामुख बनाउनुपर्ने बताइन् । उनले भनिन्, ‘शिवमायाजीले जुन अडान लिनुभएको छ त्यो राम्रो हो । उहाँलाई सभामुख दिनुपर्छ ।’ 

यादवले अधिकारका लागि कसैसँग झुक्न नहुने बताउँदै अडान लिनुपर्ने पनि बताइन् । ‘महिला माथिको पार्टीको दुव्र्यवहार राम्रो कुरा होइन । आफ्नो अधिकारको लागि अडान लिनुपर्छ ।’ उनले भनिन् ।

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले महिलाले सभामुखको भूमीका खेल्न सक्छन् भन्ने उदाहरण यसअघिको सभामुखले प्रमाणित गरिसकेकाले शिवमायालाई सभामुखको जिम्मेवारी दिंदा फरक नपर्ने उल्लेख गरिन् । 
दुई वर्ष उपसभामुखको भूमिका निर्वाह गरेको हुनाले संसद चलाउन सक्ने क्षमता उनीमा रहेको भुषालको भनाइ छ ।

त्यसैगरी डा. डिला संग्रौला पनि शिवमायाको पक्षमा एक्यबद्धता जनाएकी छन् । ‘शिवमायाको अडानको मेरो पूर्ण समर्थन छ ।’ उनले भनिन् ।

केन्द्रीय सदस्य पार्वता डी.सी. चौधरीले शिवमायाले लिएको अडान सराहनीय रहेको बताउँदै जनताले गर्व गरेको जानकारी दिइन् । ‘उहाँले जुन अडान लिनुभएको छ सराहनीय छ । आम नेपाली जनताले उहाँको अडानप्रति गर्व गरिरहेको छ ।’  उनले भनिन् ।